फूलको होली खेलिने


यात्री छिदाल
भरतपुर, फागुन ,११ । चितवनको भरतपुर स्थित अन्तराष्ट्रिय कृष्ण भावानामृत संघ ( इस्कोन )मन्दिर चितवन शाखाले हरिनाम संकिर्तनको माध्यमबाट मानवीय चेतना र अध्यात्म जागरण केन्द्रित विभिन्न कार्यक्रम गदै आएको छ । चितवन शाखाको भरतपुर स्थित कार्यलयमा सर्वसाधारण, व्यवसायी, विद्यार्थी , लगायत विभिन्न क्षेत्रकाहरु लक्षित उक्त कार्यक्रम गर्दे आएको हो । सो को लागि प्रत्येक शनिबार विशेष प्रवचन कार्यक्रम गर्ने गरेको इस्कोन चितवनका प्रमुख गौरगोविन्द प्रभुले जानकारी गराउनुभयो । उहाँका अनुसार विभिन्न विधा अध्यनरत , विद्यार्थीहरु लक्षित कार्यक्रम गरिने गरीएको छ । जस्तै चिकित्सा , शिक्षण , वाणिाज्य लगायतका विद्यागत र क्षेत्रगत केन्द्रित कार्यक्रम मार्फत अध्यात्मजागरण संकिर्तन कार्यक्रम गरिएको हो । साथै त्यसमा पनि विवाहित , अविवाहितहरु विच फरक फरक कार्यक्रम गर्दे आइएको छ । साथै तनाव व्यवस्थापन , जीवन जिउने कला सम्बन्धी विभिन्न कार्यक्रमहरु गर्ने गरिएको छ । शाखाको कार्यक्रम अन्तरगत नै उहाँले विद्यालय, कलेजहरुमा निशुल्क गिता वितरण गरिदै आएको समेत बताउनुभएको छ । उहाँले २५ देखि ३० हजार गीता बाड्ने अभियान रहेको बताउनु भयो ।
त्यसो त शाखा चितवनले विभिन्न पर्व विशेष कार्यक्रम पनि गर्दे आएको छ । जस अन्तरगत यही फागुन २ गते नित्यानन्द त्रयोदशी महामहोत्सव भव्यताका साथ मनाएको छ । सो अवसरमा भजन किर्तन , रुदाभिषेक , प्रवचन ,हरेनाम संकिर्तन लगायतका धार्मिक अनुष्ठान गरिएको थियो । कार्यक्रममा धार्मिक तथा सामाजिक व्याक्तित्व उमाशंकर अग्रवाल, लक्ष्मी सापकोटा लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा इस्कोनका बह्रमचारी रन्तिदेव प्रभुजीले प्रवचन दिनुका साथै इस्कोन चितवनमा आवद्धहरुबाट हरेनाम संकिर्तन गरिएको थियो ।
नित्यानन्द प्रभुलाई भगवान कृष्णका दाजु बलरामको अवतारको रुपमा मानिने गरिन्छ । यसैगरि आगामी चैत ३ र ४ मा पर्ने फागु पूर्णिमा (गौरी पूर्णिमाको दिनमा इस्कोन नेपालले होली कार्यक्रमको आयोजना गर्ने भएको छ । अमेरिका, बेलायत, रसिया लगायत विश्वभर रहेका ६ हजार मन्दिर तथा ६ सय ३० बढि केन्द्रमा इस्कोनले धूमधामका साथ गौरी पुर्णिमा मनाउँन लागेको हो । । गौरी पुर्णिमाको दिनमा आयोजित होली कार्यक्रममा सहभागिता जनाउन इस्कोन चितवनले सम्पूर्णमा निमन्त्रणा समेत गरेको छ । सो दिन विभिन्न रंगका फूलको होली खेलिने समेत बताइएको छ ।

प्रतिकृया दिनुहोस