आशीर्वादको पर्व ‘कादशिरुवा’

 वैशाख,१ काठमाडौं ।  नववर्षको पहिलो दिन वैशाख १ गते राजवंशी समुदायले काद शिरुवा पर्व मनाएका छन् ।  ।शिरुवा’ अर्थात  सुरुको पर्व । यो पर्व (पावैन) थारु समुदायसँगै तराईमा बसोबास गर्ने  राजवंशी, गनगाई, ताजपुरिया, धिमालको को महत्वपूर्ण चाड हो ।तराईमा बस्ने आदिवासी राजवंशी, थारु, मेचे, उराव, किसान, धिमाल, ताजपुरिया, गनगाई र माझी समुदायले शिरुवा पर्व मनाउने गर्छन् ।याे पर्वमा कसैले आफ्ना साथीहरुसँग गोबरमाटो खेल्ने गर्छन भने कोही खुसियालीमा रंगअबीर रमाइलो मानी खेल्ने गर्छन् ।

यस्तै काेही भने नुहाएर अम्खोरामा शुद्ध जल लिएर पहिला आफ्नो गृह देवता वा ग्राम देवता तथा अन्य देव-देवी स्थलमा जल चढाउने गरिन्छ । त्यसपछि आफूभन्दा सानोलाई त्यही शुद्ध जल शीरमा छर्किएर आशीर्वाद दिने गर्छन भने आफूभन्दा सानाले ठूलाको गोडामा शुद्ध जल चढाउने गर्दछन् ।

शिरुवालाई पानी शिरुवा, काद (हिलो) शिरुवा, रंग शिरुवाको अलावा घाटोसरी, भादाखेली भनेर विशेष पुजा गरी मनाउँदै आएका छन् । यो एउटा सहिष्णुता/माया प्रेमको प्रतीक मानिन्छ । कुनै भेदभाव सानो ठूलो नमानी जो कोही पनि बाटोमा भेट्दा आफूभन्दा ठूलो भएर जल चढाएर आशीर्वाद लिने गर्छन् भने सानालाई शीरमा शुद्ध जल छर्किएर आशीर्वाद दिने गर्दछन् ।

यही परम्परा बर्षौ पहिल्यैदेखि थारु समुदायमा पनि चल्दै आएको छ । शिरुवा पर्वलाई विभिन्न संस्कृति अनुसार विभिन्न अर्थको रुपमा लिने गरिन्छ । जस्तो की वैशाख हुनुको कारण थारु भाषामा ‘वैशाखी’ अर्थात चैतमा पकाएको वैशाखमा खाने चलन (चैत ३० गते पकाएको खाने कुरा वैशाख १ गते खाने प्रचलन) ।

यसलाई बाइस अर्थात ‘बासी पर्व’ पनि भनिन्छ । यो परम्परा बुद्ध धर्मको थेरावादमा पढाइ हुने भएकाले बुद्ध धर्म मान्ने देशहरु म्यानमार, श्रीलंका, सिंगापुर र थाइल्याण्डका बौद्ध मार्गीहरु पनि यस दिन भव्य रुपमा यो जूरशीतल मनाउने गर्छन् ।

नयाँ वर्षको अवसरमा वर्षभरि सुखद, सुन्दर सौहार्दपूर्ण तथा शीतल र शान्त वातावरणमा परिवार र समाज अगाडि बढोस् । आफ्नो–आफ्नो कुल देवता तथा देवी, ग्राम देवता तथा अन्य देवीस्थल लगायत आफूभन्दा सानाको शीरमा उसको उज्वल भविष्यको कामना गर्न जुराएर पानी दिने परम्परा छ, यसैलाई जुरशीतल भनिन्छ ।

यसलाई बाइस अर्थात ‘बासी पर्व’ पनि भनिन्छ । यो परम्परा बुद्ध धर्मको थेरावादमा पढाइ हुने भएकाले बुद्ध धर्म मान्ने देशहरु म्यानमार, श्रीलंका, सिंगापुर र थाइल्याण्डका बौद्ध मार्गीहरु पनि यस दिन भव्य रुपमा यो जूरशीतल मनाउने गर्छन् ।

नयाँ वर्षको अवसरमा वर्षभरि सुखद, सुन्दर सौहार्दपूर्ण तथा शीतल र शान्त वातावरणमा परिवार र समाज अगाडि बढोस् । आफ्नो–आफ्नो कुल देवता तथा देवी, ग्राम देवता तथा अन्य देवीस्थल लगायत आफूभन्दा सानाको शीरमा उसको उज्वल भविष्यको कामना गर्न जुराएर पानी दिने परम्परा छ, यसैलाई जुरशीतल भनिन्छ ।

थारु समुदायमा भनाई नै छ, ‘फगुवा उसारे आ शिरुवा पसारे’ अर्थात फागुनको फगुवाले पर्वको समापन गर्छ भने वैशाखको शिरुवाले कुनै पनि वर्षको सुरुको पर्वलाई भव्य रुप स्वागत गर्ने थारु संस्कृति विद् भुलाई चौधरी बताउँछन् ।

शिरुवालाई पानी शिरुवा, काद (हिलो) शिरुवा, रंग शिरुवाको अलावा घाटोसरी, भादाखेली भनेर विशेष पुजा गरी मनाउँदै आएका छन् । यो एउटा सहिष्णुता/माया प्रेमको प्रतीक मानिन्छ । कुनै भेदभाव सानो ठूलो नमानी जो कोही पनि बाटोमा भेट्दा आफूभन्दा ठूलो भएर जल चढाएर आशिर्वाद लिने गर्छन् भने सानालाई शीरमा शुद्ध जल छर्किएर आशीर्वाद दिने गर्दछन् ।

उनी भन्छन्, ‘ थारु समुदाय नेपालको तराइको क्षेत्रको मूल बासी हो । प्रकृतिलाई पुज्ने भएकाले पानी उसकाे लागि विशेष महत्व राख्छ । संसारमा सबैभन्दा धेरै भू-भाग पानीकै छ । पानी बिना जीवन अधुरो छ । पानीलाई शीतलता मानेर थारुको पूर्खाहरुले शीरमा चढाउने परम्परा भएकाले जुर–शीलत मनाउन थालिएको हो ।यो हाम्रो मौलिक पर्व हो ।’

उनका अनुसार यो पर्वमा थारु समुदायका मानिसहरु १० दिन अगाडिदेखि नै आ-आफ्नो घर–आँगन लिपपोत गरी सफा राख्छन् । त्यो बेला सबैको घर आगनमा एउटा पनि फोहोरको थुप्रो देखिँदैन ।  एउटा सुन्दर स्वर्गको आगनीमा आइपुगे जस्तो लाग्छ।  शिरूवाकाे लागि आधा रातिदेखि नै विभिन्न प्रकारको परिकार तयार पारेका हुन्छन् । गाउँको प्रत्येक घर–घरमा पुरी–तरकारी, बरी–कचौरी, लगायतका थुप्रै परिकारहरु पाक्न थालिसकेको हुन्छ ।त्यकारण गाउँघर बास्नाले मगमगाइरहेका हुन्छन् ।

गाउँमा यस्तो परिकार अरु बेला कुनै पनि बेला हुँदैन । बिहान सुतिरहेका बालबालिकालाई उठाएर आमाबुवा वा ठूलाबडाले उसको शिरमा पानी छर्किएर शुभ आशिश र उज्जवल भविष्यको कामना गर्ने गर्दछन् ।

त्यो दिन प्राय धेरैले आफ्नो विशेष दिन सम्झन योग्य, अविशमरणीय बनाउन चाहेका हुन्छन् । त्यही दिनलाई उसले एउटा इतिहास मानेको हुन्छ ।शिरुवाकाे पहिलो काम क्रिया ठीक ढंगले गर्ने गर्दछ । यसको हरेक कारोबार नयाँ खातामा सुरुवात गरिन्छ ।

यो पर्वमा थारु समुदायका मानिसहरु दश दिन अगावैदेखि आफ्नो घरआँगन लिपपोत गरी सफा राख्छन् । त्यो बेला सबैको घर आगनमा एउटा पनि फोहोरको थुप्रो देखिँदैन । बालबालिकादेखि बुढापाकाले यही समय र पललाई पर्खेर बसिरहेका हुन्छन् ।

यसका साथै उनीहरु आधार राति देखि नै विभिन्न प्रकारको परिकार तयार पारेका हुन्छन् । गाउँको प्रत्येक घर–घरमा पुरी–तरकारी, बरी–कचौरी, लगायतका थुप्रै परिकारहरु पाक्न थालिसकेको हुन्छ । त्यकारण गाउँघर बास्नाले मगमगाइरहेका हुन्छन् ।

गाउँमा यस्तो परिकार अरु बेला कुनै पनि बेला हुँदैन । बिहान सुतिरेका बालबालिकालाई उठाएर आमाबुवा, ठूलाबडाले उसको शीरमा पानी छर्किएर शुभ आशीश र उज्जवल भविष्यको कामना गर्ने गर्दछन् ।

 

खासगरी नेपालको पुर्वी थारु समुदाय आज शिरमा पानी र आशिर्वाद, उज्वल भविष्यको कामना गर्दै ‘जूर–शीतल’ पर्व मनाउँदैछन् । तराईमा गर्मी मौसम सुरु भएको र यो पर्वमा पानीको बढी भन्दा बढी प्रयोग हुने गरेकाले उनीहरु पानीले शीतलता प्रदान गरोस् भन्दै जुर शीतल मनाउन लागेको हो ।

पूर्वी तराईमा शिरुवाको रौनक

तराई क्षेत्रमा बसोबास गर्ने राजवंशी, थारु, गनगाई, ताजपुरिया, माझीलगायतका आदिवासी जातिहरुले धुमधामका साथ शिरुवा पर्व मनाउँदैछन् । तराईका आदिवासी समुदायले आफ्नो परम्परामध्ये विशेष पर्वका रुपमा मनाउँदै आएको यो पर्व तीन दिनसम्म मनाउने प्रचलन छ । जसमध्ये पहिलो दिन (वैशाख १ गते) जल शिरुवा, २ गते काद शिरुवा र ३ गते रंग शिरुवा खेल्ने गरिन्छ ।

जल (पानी) शिरुवा

शिरुवाको पहिला दिन जल (पानी) शिरुवा हो । वैशाखको पहिलो दिन बगंला पात्रो अनुसार अन्तिम चैत्रमा आफूभन्दा साना शिरुवा पर्व सुस्वास्थ्यको कामना गर्दै टाउकोमा पानी दिएर, ठूलाबडाहरुका पाउमा भक्तिभावले पानी हालेर र साथीसङ्गी एकआपसमा पानी छयापाछयाप गरी वर्षभरिका लाग शरीरलाई ठण्डा, शीतलता मिलोस् भनी आर्शिवाद लिने र कामना गर्ने गरिन्छ । साथै उक्त दिन हामी पानि खेलेर आफ्ना शरीरलाई पवित्र गर्ने भन्ने भनिन्छ ।

धामीहरु जंगल गएर जडीबुटी खोजी जडिबुटीका विरुवा जगाउँछन । मानिसहरु घरमा लसुन प्याज बाधेर झुण्ड्याउँछन् । यो दिन महिलाहरु साझमा आ–आफ्नो घरमा सात किसिमका सागहरु मिलाएर सातसागी बइसागी साग पकाउछन् । यो दिनलाई महा विसुवा संक्रान्ति पनि भन्ने गरिन्छ ।

काद (हिलो) शिरुवा

शिरुवा पर्वको दोस्रो दिन काद (हिलो) शिरुवा हो । मानिसहरु विसुवाको राति (अन्तिम चैतको राति) पकाएको भातलाई पानी हालेर पन्ता बनाएर खान्छन् । त्यसैले भनिन्छ, ’चैतमा पकाएको वैशाखमा खाने’ । यसै दिनबाट पन्ता भात खान सुरु हुन्छ । यो दिन राजवंशी समुदायका महिलाहरु घाटोसरी पुजाका रुपमा तिस्ताबुढी नदीमा गइ सेलाउछन् ।

किम्बदन्ती अनुसार तिस्ताबुढी रुपमा हाम्रो ठाक्रानी (देवी) साथीहरुसँग मिली ठाकुर (देउता)लाई खोज्दै जादा बस्त्रविहिन हिलोमाटो लेपिएको अवस्थामा भेटाउछन र संगिहरु आपसमा कानेखुशी गदै हास्दाछन । अनि ठाक्रानि(देवी)ले तिस्ताबुढीको रुप धारण गरि संगिहरुलाई हिलोमाटो लगाइ दिन्छिन् ।

त्यसैले यो दिनमा सबै मानिसहरु एक आपसमा हिलो खेल्ने प्रचलन रहयो, कादशिरुवा मनाउाछन । ठाकुर(देउता)लाइ भेटाएको खुशियाली घाटमा स्नान गरी चनामुराई खाई आलाइ बालाइ गरी सबैलाइ खुवाउाछन, आफू पनि खान्छन ।

यो दिन राजवंशी महिलाहरु नदीमा गई तिस्ताबुरि बिर्सजन गरी घाटोसरि पुजा सकेर फर्कन्छन । अनि घाटबाट फर्कने समयमा छाताको पानि गिलास बटुकामा लिएर घरमा आई घरका छानामा छर्कन्छन् । यो दिनमा खासगरी घरका देवीदेवताहरुको पुजा गर्ने गरिन्छ ।अनलाईनखबरबाट

प्रतिकृया दिनुहोस