आज साउने संक्रान्ति पर्व । मनायो

चितवन , १ साउन । आज आइतवार यो वर्षको साउने सक्रान्ति पर्व मनाईएको छ । आज नेपालका विभिन्न स्थानमा विभिन्न विधि सस्कार अनुसार यो पर्व मनाइएको छ । यो पर्वकका दिन साझँमा लुतो फाल्ने , तिउरी को पात पिसेर हातमा लगाउने गरिन्छ । दिउसो देखि नै भने मिठा मसिनो बनाएर परिवारका सबै एकसाथ मिलेर खाना खाने गदृछन् । आजको दिनलाई कर्कट सक्रान्ति पनि भनिन्छ ।सूर्यले आजको दिन मिथुन राशिबाट कर्कट राशि परिवर्तन गर्दछन् । साउने संक्रान्तिबाट सूर्यले दक्षिणतर्फको यात्रा तय गर्ने भएकाले यस दिन विशेषलाई दक्षिणायन समेत भनिन्छ ।

असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने संक्रान्ति पर्व मनाउने गर्दछन् ।

हिलोमाटोमा काम गर्नुपर्ने भएकाले छालासम्बन्धी रोग नलागोस् भनेर साउने संक्रान्तिको दिन लुतो फाल्ने प्रचलनसमेत रहि आएको छ । परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।

लुतो फाल्दा आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ । यसो गर्दा छालासम्बन्धी कुनै पनि रोग नलाग्ने विश्वास छ । पुजा गरिएका्े अगुल्टोलाई चारै दिशामा फालिन्छ । 

आजको दिनमा महिला या पुरुषले थोरै भने पनि हातमा तीउरी या मेहन्दी लगाउनैपर्ने चलन रहेको छ । यो महिना भगवान पशुपतिनाथको महिनाको रुपमा पनि श्रद्धालुहरुले लिने गर्दछन् ।। यो महिना भर शिवालयहरुमा विशेष भिड लाग्ने गर्दछ । गत २ वर्ष कोरोनाका कारण पनि साउने मेलाहरु स्थगति गरिएका थिए ।

 

प्रतिकृया दिनुहोस