इस्कोनले ३ गते कृष्ण जन्माष्टमी र ४ गते आविर्भाव दिवस मनाउने

भरतपुर, १ भदौ
वैदिक सनातनीहरुको महान् पर्व श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा विभिन्न कार्यक्रम गरी सनातनीहरुले धुमधामसगँ यो पर्व मनाउने भएका छन् । भदौ ३ गते पर्सी पर्ने यस पर्व कृष्णभावनामृत संघ (इस्कोन) चितवनले भव्यताका साथ मनाउने भएको छ । आज  भरतपुर–११ बसेनी गोर्खाली टोलमा रहेको इस्कोनको हरे कृष्ण मन्दिर परिसरमा  पत्रकार सम्मेलन गदै नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) चितवनले श्रीकृष्ण जन्माष्टमी भव्य रुपमा मनाउन लागेको बताएको छ ।  । पत्रकार सम्मेलन गर्दै इस्कोनले यही ३ गते दिउसो ३ बजेदेखि राती १२ बजेसम्म जन्माष्टमी कार्यक्रम गर्ने जनाएको हो। इस्कोन चितवनका उपाध्यक्ष ममता न्यौपानेले कार्यक्रममा १० हजार सहभागि हुने अपेक्षा गरिएको बताउनुभयो । भरतपुर–११ बसेनी गोर्खाली टोलमा रहेको इस्कोनको हरे कृष्ण मन्दिर परिसरमा कार्यक्रम हुने जनाइएको छ । 

श्रीकृष्ण जन्माष्टमी दिन ३ गते भजन, किर्तन, प्रवचन, अभिषेक, मन्त्र ध्यानक, कृष्ण झुला लगायतका कार्यक्रमहरु हुने बताउनुभयो । इस्कोन चितवनका सचिव गौर गोविन्ददासले कृष्णजन्माष्टमीको महत्वबारे पनि चर्चा हुने बताउनुभयो । वैदिक सनातन धर्मको संरक्षण तथा प्रर्वद्धनका लागि इस्कोनले धार्मिक तथा सामाजिक कामहरु गर्दै आएको बताउनुभयो ।यस्तै ४ गते  स्कोनका संस्थापक श्रील प्रभुपाद प्रकट भएको दिनको सम्झनामा आविर्भाव दिवस मनाइदैछ । विहान ९ बजेदेखि दिउसो २ बजेसम्म कार्यक्रम हुने जनाइएको छ । । इस्कोन चितवनका सचिव गौर गोविन्ददास  का अनुसार कार्यक्रममा सहभागीताको लागि जिल्लाका  विभिन्न टोल विकास का प्रतिनिधि , धार्मिक संघसगंठन , विभिन्न तह र तप्काका मान्यवरलाई निमन्त्रणा गरिसकिएको छ । चितवन सगै देशै भरिका शाखाहरुमा पनि भव्यताका साथ श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने समेत पत्रकार सम्मेलनमा जनाकारी गराएको थियो । 
 

प्रतिकृया दिनुहोस