आज गणेश चतुर्थी तथा चथा पर्व मनाईंदै

भदौ शुक्ल चतुर्थीका दिन आज गणेश चतुर्थी तथा चथा पर्व मनाईंदैछ । हिन्दु नारीहरुले गणेश चतुर्थी र नेवार समुदायले चथा पर्वको मनाउँदैछन् ।

हिन्दु नारीहरुको महान् चाड हरितालिका तीजको भोलिपल्ट भाद्र शुक्ल चतुर्थीको दिन पर्ने गणेश चौथीमा शिवपुत्र भगवान गणेशको पूजा–आरधना गरिन्छ ।

 

विश्वका अधिकांश हिन्दु धर्मावलम्बीले गणेश भगवानको पूजाआजा गरी यो पर्व मनाउने गर्दछन् । शास्त्रअनुसार आजैका दिन भगवान गणेशको जन्म भएको थियो ।

भाद्र शुक्ल तृतीयाका दिन सुःखद दाम्पत्य जीवन तथा सुःखशान्तिको कामना गरेका ब्रतालुहरु चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनि गणेशको पूजा गर्ने गर्छन् ।

ब्रतालु महिलाले आज बिहानै स्नान गरी पवित्र बनेपछि घर लिपपोत गरी गणेश भगवानको मूर्तिमा पूजा गर्छन् । त्यसैगरी गणेश मन्दिर पनि जाने गर्दछन् । गणेश मन्दिरमा भक्तजनहरुको भीड लाग्ने गरेको छ ।

उपत्यकाका कमलविनायक, सूर्यविनायक, कमलादीलगायत देशभरका गणेश मन्दिरमा आज विशेष पूजा हुन्छ ।

मिथिला क्षेत्रका महिलाले आज चौरचन पर्व मनाउँछन् । आज दिनभर निराहर ब्रत बसेर साँझ चन्द्र दर्शन गरेर गणेश चर्तुर्थी मनाउने गरिएको छ ।

प्रतिकृया दिनुहोस