आज ऋषि पञ्चमी पर्व

काठमाडौँ – आज भाद्र शुक्ल पञ्चमी अर्थात   नेपाली महिलाहरुले मनाउने पर्व { ऋषि पञ्चमी   दिन परेको छ ।  नेपाली महिलाहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी  यो पर्व  मनाउँदैछन् ।

आज बिहानै उठेर स्नान गरी  नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् ।यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो ।

प्रतिकृया दिनुहोस