महादेव मन्दिरमा विश्वकर्मा एवम् वास्तु महिमा चिन्तन गरियो

 

काठमाडौ , २ , असोज ।  कन्या संक्रान्ति विश्वकर्मा पूजा एवम् वास्तु दिवसको अवसर पारेर हिजो शनिवार विश्व हिन्दु महासंघको सम्पर्क कार्यालय कोटेश्वर महादेव मन्दिर परिसरमा विश्वकर्मा एवम् वास्तु महिमा चिन्तन कार्यक्रम आयोजना गरि वास्तु तथा विश्वकर्मा बारे घनिभूत विमर्श भयो । बिहिम राष्ट्रिय समितिका उपसभापति जीतबहादुर भारतीको सभापतित्वमा कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय धर्मसभा नेपालका केन्द्रीय अध्यक्ष प्रा डा माधव भट्टराई हुनुहुन्थ्यो । कार्यक्रममा राष्ट्रिय धर्मसभा नेपालका महासचिव डा पवित्रबहादुर खड्का र महासंघ केन्द्रीय सदस्य पण्डित लेखनाथ न्यौपानेले आजको विशेष वक्ताका रूपमा विषयवस्तु प्रस्तुत गर्नुभएको थियो भने आफ्ना विचार राख्नेमा पं नवराज ढकाल, समाजवाद अध्ययन केन्द्रका अध्यक्ष दुर्गा फुँयाल, धार्मिक अभियन्ता पं भीमकान्त पन्थी, सन्त विभाग प्रमुख लिलानाथ चौंलागाईं, पं कृष्णप्रसाद खनाल, सह आयोजक धर्मसभा काठमाडौ जिल्लाको अध्यक्ष सुवास ढकाल र वास्तुचिन्तक इन्जिनियर घमा भट्टराई खनाल हुनुहुन्थ्यो । यस्तै विश्व हिन्दु महासंघ राष्ट्रिय कोषाध्यक्ष ऋषिराम पोख्रेल, सचिव उत्तमराज भण्डारी, पूजा सुनार आत्रेय , विशिष्ट आजीवन सदस्य देवराज लामिछाने लगायतको उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा नवलपरासी जिल्लामा विश्वमाता गौशालाका गौसेवक एवम् कावासोतीमा विश्वकर्मा मन्दिर निर्माणको नेतृत्व गर्नुभएका नरबहादुर सुनार गौदासबाबालाई राष्ट्रिय शिल्प सम्मान २०७९ बाट विभूषित गरिएको थियोे ।

प्रतिकृया दिनुहोस