शाली नदीमा स्वस्थानी व्रत मेला सुरु

आजैदेखि काठमाडौं स्थित शङ्करापुर नगरपालीकामा अवस्थित  शाली नदीमा श्री स्वस्थानी व्रत कथामा उल्लेख भएअनुसार एक महिने   एक महिनासम्म मेला लाग्छ । मेलामा महिनाभर लाखौं भक्तजनको उपस्थिति रहन्छ । शाली नदीको स्नान गरि माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य प्राप्ति हुने धार्मिक विश्वास रहेको छ ।प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरू भएको हो  । बिहानैदेखि दर्शनाथीहरुको बाक्लो उपस्थिति मन्दिर वरपर रहेको छ ।पौष हिजो पौष  शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरूवात हुन्छ ।विहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।

मनोकांक्षा पूरा हुने विश्वासका साथ एक महिना अवधिसम्म बसिने यो व्रत विशेषगरी पौराणिक धर्मग्रन्थ स्कन्द पुराणमा आधारित मानिन्छ । ग्रन्थमा उल्लेख भएअनुसार आफ्नो नजिकको मानीसलाई उक्त प्रसाद दिएमा ब्रत सिद्ध हुने जनविश्वास रहेको छ ।

सत्ययुगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार व्रत बसेर तपस्या गरी मनोकाक्षा पूरा भएको कुरा स्वस्थानी ब्रत कथाको धार्मिक जनविश्वास रहेको छ ।

 

प्रतिकृया दिनुहोस