आज महाशिवरात्री पर्व ः यस्तो पुजा विधि र महत्व

काठमाडौं । आज वैदिक सनातन  धर्मावलम्बीहरुको महान चाड महाशिवरात्री आराध्यदेव शिवको पूजाराधना गरी देशभर मनाइँदैछ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई वैदिक सनातन धर्मावलम्बीहरुको महत्वपूर्ण पर्वका रुपमा लिइन्छ ।

वैदिक सनातन धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड तथा तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धापूर्वक पूजाराधना गर्छन् । शिवजी उत्पत्ति भएको रातको नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराण तथा ग्रन्थमा वर्णन गरिएको छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड तथा तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धापूर्वक पूजाराधना गर्छन् । शिवजी उत्पत्ति भएको रातको नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराण तथा ग्रन्थमा वर्णन गरिएको छ ।यस दिन रातभरि जागा रहेर, भजनकीर्तन गरेर, धुनी बालेर शिवको पूजाआराधना गर्ने चलन रहेको छ । कोही भने यसदिन उपवास पनि बस्ने गरेका छन् । बिहानै उठेर नुहाइधुवाइ गरी शिवलिंगमा बेलपत्र, जल, दुध अपर्ण गरे शिवको पूजा सार्थक हुने हिन्दू मान्यता रहिआएको छ ।

यसैबीच हिन्दूहरुको महत्वपूर्ण धार्मिकस्थल मानिने पशुपतिनाथमा यस पर्वको छुट्टै उल्लास हुने गर्दछ । छिमेकी राष्ट्र भारतबाट हजारौंको सङ्ख्यामा तीर्थालुहरु भित्रिन्छन् । योगी, सन्त, बाबाहरुको घुइँचो लाग्छ । देशविदेशबाट तीर्थालु तथा पर्यटकहरु दर्शनका लागि आउने गर्दछन् । पशुपति परिसर कुनै रमणीय मेलाजस्तै झलमल्ल सजिएको हुन्छ ।

यस वर्षको महा शिवरात्रीमा विषेश संयोग परेको छ । १०१ वर्षपछि यस्तो संयोग परेको ज्योतिषीहरुले बताएका छन् ।

ज्योतिषीहरुका अनुसार भोलि महा शिवरात्रीको दिन ‘शिव योग’, ‘सिधियोग’ र ‘घोधा योग’ जुरेका कारण १०१ वर्षपछि यस्तो शुभ रहेको छ । यस्तो संयोगका दिन गरिएको पूजा निकै कल्याणकारी मानिने गरिएको छ ।

महाशिवरात्रिको पूजा विधि:

बिहान सबेरै उठ्नुहोस् र नुहाउनुहोस् । यस पछि माटोको भाँडोमा पानी वा दूध भर्नुहोस् र यसमा बेलपत्र राख्नुहोस् । धतुरो र फूलहरू राख्नुहोस् । चामल आदि थप्नुहोस् । यदि तपाईं शिव मन्दिरमा जान सक्नुहुन्न भने तपाईं घरमा माटोको शिवलिंग बनाएर पूजा गर्न सक्नुहुन्छ। शिव पुराण पढ्नुहोस् र महामृत्युंजय मन्त्र वा शिवको पंचक्ष मंत्र,ऊँ नमः शिवाय जप गर्नुहोस् ।

शिवजी उत्पत्ति हुनुभएको रातका नामवाट नामकरण भएको यो पर्व कालरात्रि,मोहरात्रि,सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णन गरिएको छ । विशेषगरी शिवरात्रि भगवान शिवको प्रमुख पर्व हो । व्रतोत्सवरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनहरू शुद्ध भई शिव मन्दिरमा पूजा,अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध,धतुरो र बेलपत्र चढाउने गर्छन् ।

यस पर्वका दिन उपवास गरी ” ऊँ नमः शिवाय” मंन्त्र जप्ने गरेमा पृथ्वीमा सबै कुराले सम्पन्न भई मरेपछी यमलोक जानु नपर्ने र मोक्ष प्राप्ती हुने धार्मिक विश्वास रहेको छ । ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको को दिनको रुममा मनाईन्छ ।

निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रीको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । शिवरात्री पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रीको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुन्छ भनि शास्त्रमा लेखिएकोछ । शिवरात्रीमा ठूला साना मन्दिरहरू जस्तै काठामाडौँमा पशुपति धाम,पुर्वको पशुपति खोटाङ जिल्लाको हलेसीमा भक्तजन जम्मा भई धुमधामसँग श्रद्धा भावना व्यक्त गर्ने परम्परा रहेको छ । शिवरात्री व्रतकालमा भगवान शिवको ध्यान, पूजन र जप गरिन्छ, जागरण कालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्दछ । पूजन वा शिवार्चनमा इशान मूर्तिलाई दूधले स्नान गराइन्छ । अघोर मूर्तिलाई दहीले स्नान गराइन्छ, वामदेव मूर्तिलाई घिउले स्नान गराइन्छ, सद्योजात लिंगोद्भव मूर्तिलाई महले स्नान गराइन्छ ।

शिवमहापुराण्को कोटिरुद्रसंहितामा शिवरात्रिको महत्व बताउँदै भनिएकोछ–मानिसहरुको हित गर्ने शिवरात्रिसमान अन्य कुनै व्रत छैन । यसबाट मानिसहरुले धर्म प्राप्त गर्दछन् । निष्काम काम गर्ने अथवा सकाम काम गर्ने सबै प्रकारका भक्तहरु यसबाट लाभन्वित हुन्छन् । ब्राह्ण,क्षत्रिय,वैष्य र शूत्र यी चार वर्ण एंव ब्रहचर्य,गार्हस्थ्य,वानप्रस्थान र संन्यास यी चार आश्रमका मानिसहरुले श्रद्धापुर्वक शिवरात्रिव्रत सम्पन्न गरेमा उनीहरु वर्ण र आश्रमसम्मत आ–आफ्नो उदेश्य सफल तुल्याउन समर्थ हुन्छन् । यो व्रत नारी,बालक,बालिक र अन्य सबैले श्रद्धापुर्वक गर्नुपर्दछ । यस व्रतबाट बिभिन्न प्राणीहरु,मानवजाति,देवता,पितृ ,ऋषि–महर्षि सबैको कल्याण हुन्छ ।

माधवद्धारा उद्धृत ईसानसंहिताको वचनमा भनिएकोछ –जुन दिन आधारातमा चतुर्दशी भेटिन्छ त्यसै दिन शिवको कृपा चाहने मानिसले शिवरात्रिव्रत गर्नुपर्दछ । आधारातपछि र आधारातभन्दा पहिले चतुर्दशी हुँदा नित्य चतुर्दशीव्रत गर्नुपर्दछ । स्कन्दपुराणमा भनिएकोछ आमावास्वायुक्त चतुर्दशीमा शिवरात्री मनाउदा पापहरुको भागिदार हुने र यसको प्रायश्चित पनि देखिदैन ।
शिवरात्रीमा पुरुष वा नारीले भक्तिपूर्वक शिवरात्रीका दिन महादेवको पूजा गर्नुपर्दछ । शिवरात्रिव्रत संयोगपृथक्त्वन्यायमा भनिएकोछ– शिवरात्रीमा परात्पर त्रिभुवनका स्वामी रुद्ररुप ईशको जसले पूजा गर्दैन त्यो मानिस हजारौं हजार जन्मसम्म संसारमा घुमिरहन्छ ।

 

प्रतिकृया दिनुहोस