भरतपुरमा भजन प्रतियोगीता सम्पन्न


चितवन, २५ , फागुन । महाशिवरात्री पर्वको अवसर पारेर चितवनको भरतपुरमा रहेको कालिका एफएम, कालिका एचडी  टेलिभिजन र महाकालेश्वर शिव मन्दिरको सयुक्त आयोजनामा यस पनि वृहत भजन प्रतियोगीता सम्पन्न गरिएको छ । भरतपुर १० स्थित महाकालेश्वर शिव मन्दिरमा परिसरमा भएको  बृहत भजन प्रतियोगिता कार्यक्रममा बासुरी कला प्रतिष्ठान शरदपुर प्रथम भएको छ । यसैगरी महेश भजन समूह देवघाट दोश्रो भएको छ । त्यस्तै तेश्रो सुरक्षाश्वर खैजडी भजन समूह मकवानपुर  तेस्रो भएको छ भने रामजानकी बालिका आश्रम कन्या गुरुकुलम् देवघाट सान्त्वना हुन सफल भएको छ । प्रतियोगितामा सहभागी हुनका लागि चितवन, मकवानपुर र तनहुँ गरी १४ समुह सहभागी भएका थिए । प्रतियोगितामा क्रमशः प्रथम पुरस्कार रु. ३० हजार, द्धितीय पुरस्कार रु.२० हजार , तृतीय पुरस्कार रु. १५ हजार र
सान्त्वना पुरस्कार रु. ५ हजार रुपैयाँ नगद सहित र प्रमाणपत्र बितरण गरिएको थियो ।कार्यक्रममा सर्प उद्धारकर्ताका रुपमा परिचित चितवका चर्चित भजन गायक यमलाल भन्डारी , युवा भजन गायक अर्जुन सापकोटा लगायतको प्रस्तुती रहेको थियो ।   
कार्यक्रम समुद्ध्घाटन समारोहका प्रमुख अतिथी श्री सुकदेव भागवत आश्रम लक्ष्मीहरि मन्दिरका अध्यक्ष एवं मठाधिश स्वामी लक्ष्मणाचार्य महाराज रहनुभएको थियो । सो क्रममा  उहाँले बहुसंख्यक हिन्दुहरु  भएको मुलुकलाई सरकारले धर्मनिरपेक्ष बनाएर ठूलो गल्ती गरेको भन्नुहुदै  पुनः नेपाललाई वैदिक सनातन हिन्दुराज्य कायम गरी सो गल्ती सच्चाउनुपर्र्नैे बताउनुभयो । सो अवसरमा उहाँले देशमा अनुशासन र सुशासन कायम गराउन सबैलाई एकताको सुत्रमा धर्मले एकत्रित गर्ने भनाई राख्नु भयो । उद्ध्घाटन कै क्रममा नारायणगढ चितवनमा रहेको वैदिक पुजा सामग्रीका सञ्चालक टिकाराम भट्टराई यस्ता प्रतियोगीताले धर्मसस्कृति संरक्षणमा टेवा पुग्ने बताउनु भयो ।
कार्यक्रमा नै उपस्थित भरतपुर वडा नं. १० का वडाध्यक्ष परमेश्वर खनालले आजको युगमा हिन्दुधर्मको महत्व बढ्दै गएको  बताउनुभयो । 
त्यस्तै उहाँले महाशिवरात्रि  पर्वले सबैमा धार्मिक एकता र सद्भाव कायम गराउन महत्वपुर्ण  भूमिका रहेने भनाई राख्नुभयो ।  कालिका मिडिया गुप्रकाका निर्देशक दिपक पौडेलको  अध्यक्षतामा भएको सो कार्यक्रममा  महाकाल शिव मन्दिरका  कार्यवाहक  उपाध्यक्ष वामदेव शर्मा स्वागत मन्त्व्य दिनुभएको थियो  । अप्रतियोगीका रुपमा पनि विभिन्न समुहले आफ्नो प्रस्तुती दिएका थिए । महाशिवरात्री पर्वको अवसर पारेर कालिका एफएम, कालिका एचडी  टेलिभिजन र महाकालेश्वर शिव मन्दिरले सयुक्त रुपमा  बिगतका वर्षहरुमा पनि भजन प्रतियोगीता आयोजना गरिएको थियो 



प्रतिकृया दिनुहोस

साताको लोकपृय

माफी माग्न नसकेर भिडियो तोड्मोड भनिएको भन्दै धार्मिक संघसगठन द्धारा कारबाही माग

चितवनराष्ट्रिय स्वतन्त्र पार्टीका बाँके ३ का प्रतिनिधिसभा सदस्य  उम्मेदवार  खगेन्द्र सुनारको  सञ्...