भरतपुरमा भजन प्रतियोगीता सम्पन्न


चितवन, २५ , फागुन । महाशिवरात्री पर्वको अवसर पारेर चितवनको भरतपुरमा रहेको कालिका एफएम, कालिका एचडी  टेलिभिजन र महाकालेश्वर शिव मन्दिरको सयुक्त आयोजनामा यस पनि वृहत भजन प्रतियोगीता सम्पन्न गरिएको छ । भरतपुर १० स्थित महाकालेश्वर शिव मन्दिरमा परिसरमा भएको  बृहत भजन प्रतियोगिता कार्यक्रममा बासुरी कला प्रतिष्ठान शरदपुर प्रथम भएको छ । यसैगरी महेश भजन समूह देवघाट दोश्रो भएको छ । त्यस्तै तेश्रो सुरक्षाश्वर खैजडी भजन समूह मकवानपुर  तेस्रो भएको छ भने रामजानकी बालिका आश्रम कन्या गुरुकुलम् देवघाट सान्त्वना हुन सफल भएको छ । प्रतियोगितामा सहभागी हुनका लागि चितवन, मकवानपुर र तनहुँ गरी १४ समुह सहभागी भएका थिए । प्रतियोगितामा क्रमशः प्रथम पुरस्कार रु. ३० हजार, द्धितीय पुरस्कार रु.२० हजार , तृतीय पुरस्कार रु. १५ हजार र
सान्त्वना पुरस्कार रु. ५ हजार रुपैयाँ नगद सहित र प्रमाणपत्र बितरण गरिएको थियो ।कार्यक्रममा सर्प उद्धारकर्ताका रुपमा परिचित चितवका चर्चित भजन गायक यमलाल भन्डारी , युवा भजन गायक अर्जुन सापकोटा लगायतको प्रस्तुती रहेको थियो ।   
कार्यक्रम समुद्ध्घाटन समारोहका प्रमुख अतिथी श्री सुकदेव भागवत आश्रम लक्ष्मीहरि मन्दिरका अध्यक्ष एवं मठाधिश स्वामी लक्ष्मणाचार्य महाराज रहनुभएको थियो । सो क्रममा  उहाँले बहुसंख्यक हिन्दुहरु  भएको मुलुकलाई सरकारले धर्मनिरपेक्ष बनाएर ठूलो गल्ती गरेको भन्नुहुदै  पुनः नेपाललाई वैदिक सनातन हिन्दुराज्य कायम गरी सो गल्ती सच्चाउनुपर्र्नैे बताउनुभयो । सो अवसरमा उहाँले देशमा अनुशासन र सुशासन कायम गराउन सबैलाई एकताको सुत्रमा धर्मले एकत्रित गर्ने भनाई राख्नु भयो । उद्ध्घाटन कै क्रममा नारायणगढ चितवनमा रहेको वैदिक पुजा सामग्रीका सञ्चालक टिकाराम भट्टराई यस्ता प्रतियोगीताले धर्मसस्कृति संरक्षणमा टेवा पुग्ने बताउनु भयो ।
कार्यक्रमा नै उपस्थित भरतपुर वडा नं. १० का वडाध्यक्ष परमेश्वर खनालले आजको युगमा हिन्दुधर्मको महत्व बढ्दै गएको  बताउनुभयो । 
त्यस्तै उहाँले महाशिवरात्रि  पर्वले सबैमा धार्मिक एकता र सद्भाव कायम गराउन महत्वपुर्ण  भूमिका रहेने भनाई राख्नुभयो ।  कालिका मिडिया गुप्रकाका निर्देशक दिपक पौडेलको  अध्यक्षतामा भएको सो कार्यक्रममा  महाकाल शिव मन्दिरका  कार्यवाहक  उपाध्यक्ष वामदेव शर्मा स्वागत मन्त्व्य दिनुभएको थियो  । अप्रतियोगीका रुपमा पनि विभिन्न समुहले आफ्नो प्रस्तुती दिएका थिए । महाशिवरात्री पर्वको अवसर पारेर कालिका एफएम, कालिका एचडी  टेलिभिजन र महाकालेश्वर शिव मन्दिरले सयुक्त रुपमा  बिगतका वर्षहरुमा पनि भजन प्रतियोगीता आयोजना गरिएको थियो 



प्रतिकृया दिनुहोस