पर्व बिदा विवादरहित बनाउने तयारीमा सरकार

काठमाडौं— सरकारले हरेक वर्ष फागुन–चैत महिनामा सार्वजनिक बिदा घोषणा गरी सोहीअनुसारको वार्षिक क्यालेन्डर प्रकाशन गरेर बिदा व्यवस्थापन गर्दै आएको छ। 
यही फागुन २८ गते सोमबारका दिन ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिएको विषय भने विवादित बन्यो। ग्लाल्पो ल्होसार मनाउने शेर्पा समुदायले नै फागुन २८ गते ग्याल्पो ल्होसार नभएको विरोध जनाए। माघ २७ गते नै ग्याल्पो ल्होसार मनाइसकेको अवस्थामा सरकारले १ महिनापछि उक्त ल्होसार पर्ने भन्दै बिदा दिएकोप्रति उक्त समुदायका अगुवाहरुले आपत्ति जनाए। 
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले आगामी वर्षको क्यालेन्डर सार्वजनिक हुनुअघि विवादरहित ढङ्गबाट समस्या सम्बोधन गर्ने पक्षमा सरकार रहेको बताए। त्यसका लागि सहयोग गर्न सम्बद्ध सबैसँग अनुरोध गरिएको उनको भनाइ छ। 
बहुजातीय एवं बहुधार्मिक देश नेपालमा सबैको धर्म, संस्कृति र भावनालाई समेटेर अघि बढ्नुपर्ने दायित्व सरकारको रहेको उल्लेख गर्दै प्रवक्ता भट्टराईले भने, ‘१ वर्षअघि प्रकाशित क्यालेन्डर हामी सबैको घरघरमा झुन्डिएकै छ, कुनै धार्मिक पर्व विशेषको बिदाका दिन गल्ती भएको जानकारी प्राप्त भएको भए तत्‌क्षणमै सच्याउन सकिन्थ्यो, आगामी वर्षको बिदाको हकमा सम्बन्धित समुदायसँग छलफल गरेर मात्र क्यालेन्डर प्रकाशित गरिने छ।’
करिब १ महिनाअघि ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीसँग सम्बन्धित समुदायका प्रतिनिधिले यस विषयमा कुरा राख्दै पञ्चाङ्ग निर्णायक समितिमा सबै धर्म समुदायको प्रतिनिधित्व हुनुपर्ने भनी माग राखेका थिए। उक्त विषयमा केन्द्रमा गृह सचिवबाट सोधखोज हुँदा स्पष्ट एवं ठोस जवाफ नआएपछि क्यालेन्डरअनुसार बिदा दिएको गृह मन्त्रालयका प्रवक्ता भट्टराईको भनाइ छ। 
प्रवक्ता भट्टराईले यस वर्षको अनुभवबाट पाठ सिक्दै सम्बन्धित धार्मिक समुदायका प्रतिनिधिसँग समेत छलफल गरी आगामी वर्षको पर्व बिदा निर्धारण गरिने जानकारी दिए। https://newsgriha.com/detail/18329


प्रतिकृया दिनुहोस

साताको लोकपृय

माडीको कालभैरव मन्दिरमा गजुर हालियो मौला गाडियो

मंसिर,,२८ माडी । चितवनको दक्षिणमा रहेको  माडी उपत्यकाको सेतो पहिरोस्थित कालाभैरवको मन्दिरमा ४ दिन...