सीता माताको जन्मदिनलाई सरकारी क्यालेण्डरमा समावेश गर्नुपर्ने <पूर्वमन्त्री साह

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहलेले सीता माताको जन्मदिनलाई सरकारी क्यालेण्डरमा समावेश गर्नुपर्ने माग सरकारसँग गरेका छन् । आजपा काठमाडौं उपत्यका विशेष कमिटी र राम मन्दिर बतिसपुतलीको संयुक्त आयोजनामा विहीबार काठमाडौंको बतिसपुतली स्थित राममन्दिरमा आयोजित सीता जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् ।


नेपालको राष्ट्रिय विभूती एवं विश्वमै नेपाललाई चिनाउने सीता माताको जन्मदिनलाई सरकारी क्यालेण्डरमा राखेर उत्सवका रुपमा सीता जयन्ती मनाउनुपर्ने उनले बताए ।‘हा। पुरुषको जन्मदिन भव्यरुपमा मनाउँने तर महिलाको जन्मदिन नमनाउने बिषय ठिक होईन्’ साहले भने, ‘सीता माताको सहित महिलाहरुले गरेको योगदानको चर्चा हुन आवश्यक छ । देश, समाजका लागि योगदान गर्ने महिलाको पुरष जस्तै सम्मान हुनुपर्छ ।’

आजपा काठमाडौं उपत्यका विशेष कमिटीका अध्यक्ष देवी पण्डित रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष एवं संविधान सभा सदस्य तिलक थापामगर, उपाध्यक्ष अरुण घिसिङ, प्रवक्ता चन्द्रभुषण साह लगायतको विशेष सहभागिता रहेको थियो । सोही कार्यक्रममा बिभिन्न क्षेत्रमा उच्च योगदान गर्ने महिलाहरुलाई सम्मानित गर्नुका साथै सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।





प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोटिहोम एकैसाथ १ हजार ८ कन्याको पुजन गरिदै

भरतपुर । योगी नरहरिनाथ आश्रम, वागीश्वरीमा जारी कोटिहोम महायज्ञमा भोलि (शनिबार) एक हजार भन्दा बढी ...