उदाइसक्यो वृहस्पती सकियो सुतककाल, शुभ कर्म गर्न सकिने

चितवन, २५, असार  । देव गुरुका रुपमा मानिने  बृहस्पति गह्र असार २२ गते आइतबार बिहान  ६ बजेर ५३ मिनेटमा पूर्वमा उदय भइसकेका छन् । सुतककाल पनि सकिएकोले यतीखेर  शुभ क्रम गर्न मिल्ने पन्डित रविन्द्र कण्डेलले बताउनुभयो ।
वृहस्पती अस्त भने जेठ २९ गते बिहिबार बेलुका ५ बजेर ७ मिनेटमा पश्चिममा अस्त भएको थियो । ् 
 । वैदिक सनातन संस्कृति अनुसारबृहस्पति ग्रहलाई देवता तथा ऋषिहरुका गुरु, धनु तथा मीन राशिका स्वामी, आङ्गिरस ऋषिका पुत्र मानिन्छ 
  बृहस्पति र सूर्य एउटै राशिमा भएकोवेला अस्तको सम्भावना अधिक हुने गर्दछ । बृहस्पति  पश्चिममा अस्त भई पूर्व दिशामा उदय हुने गर्दछ ।यस्तो हुनु भनेको बृहस्पति सूर्यको पश्चिम विम्बबाट प्रवेश गरी पूर्वी भागबाट नउदाएसम्मको समय हो । अनुसार प्रत्येक वर्ष शुक्र अस्त र बृहस्पति अस्त हुने गर्दछ ।वर्षको एक समयमा घुम्दै जाने क्रममा शुक्र ग्रह पृथ्वीनजिक पुगेपछि सूर्यको प्रकाशले शुक्र ग्रहको प्रकाशलाई ओझेलमा पार्नुलाई शुक्र अस्त भन्ने गरिन्छ ।साथै घुम्दै जाने क्रममा बृहस्पति ग्रह पृथ्वीनजिक पुगेपछि सूर्यको प्रकाशले बृहस्पति ग्रहको प्रकाशलाई ओझेलमा पार्नु नै बृहस्पति अस्त भन्ने गरिन्छ । ज्योतिषीय मान्यता अनुसार बृहस्पति अस्त हुने डेढ दिनअघि र उदाएको डेढ दिनसम्म सम्म सुतक लाग्छ  भन्निछ । 

प्रतिकृया दिनुहोस