जेठ ३ तीन देखि अधिकमास (मलमास) शुरु हुदै ,यसकारण हुन्छ अधिकमास
आगामी जेठ ३ गते देखि मलमास (अधिकमास) शुरु हुदैछ । यो पटक अषार १ गते सम्म अधिकमास ( मलमास ) परेको छ । अधिकमासलाई मलमास ,पुरुषोतम मास पनि भनिन्छ । अधिक मास प्रत्येक तीन वर्षमा एकपटक आउँछ । यो फागुनदेखि कात्तिकको बीचमा पर्ने गर्छ । जुन वर्ष अधिक मास पर्छ त्यो वर्ष १२ को स्थानमा १३ महिना हुन्छ । अधिका मासको निर्णय सूर्य सङ्क्रान्तिको आधारमा गरिन्छ । जुन महिनामा सूर्य सङ्क्रान्ति हुँदैन त्यसलाई अधिक मास भनिन्छ ।
चन्द्रमाको तिथिको घडीपला बढी भएर बन्ने अतिरिक्त महिनालाई अधिकमास वा मलमास भनिन्छ।
हाम्रो प्रचलनमा रहेको पञ्चाङ्ग सौर र चान्द्र गरी दुई प्रकारले चलेको छ। दैनिक कामकाजका लागि सौरमानअनुसार चल्ने विक्रम संवत् चलिरहेको छ भने धार्मिक कार्यका लागि चान्द्रमानअनुसार शालिवाहनीय शाके। यद्यपि धार्मिक कार्यमा दुवैको संयोजन भएको महिना फलदायी मानिन्छ।
वैशाख, जेठ आदि बाह्र महिना सूर्यको गति अनुसार चलिरहेको हुन्छ, जसलाई सौरमास भनिन्छ। सौरमासमा २९ देखि ३२ सम्मका दिन हुन्छन्। सौारमानअनुसार वर्षमा ३६५ दिन हुन्छ। शुक्लपक्षको प्रतिपदा (वा कृष्णपक्षको प्रतिपदा) देखि कृष्णपक्षको औँसी(वा शुक्लपक्षको पूर्णिमा) सम्मको अवधिलाई चान्द्रमास भनिन्छ।
चन्द्रमालाई प्रतिपदादेखि औँसीसम्मको यात्रा गर्न २९ दिन १२ घण्टा, ४४ मिनेट, २४ सेकेण्ड लाग्छ। चान्द्रमान अनुसार वर्षमा ३५४ दिन मात्र हुन्छ। यसरी एक वर्षमा सौरमास लगभग ११ दिनले बढी हुन्छ। सौरमान र चान्द्रमानको गणनामा निश्चित समय भएपछि अधिकमास पर्छ। सामान्यतय एउटा अधिकमासदेखि अर्को अधिकमासको दूरी २७ महिनादेखि ३३ महिना १६ दिन, एक घण्टा ३६ मिनेट पुगेपछि अधिकमास पर्छ।
संंक्रान्तिविहीन चान्द्रमास अधिकमास हो। अर्थात् एउटा सौर मासमा दुईवटा औँसी पर्दा त्यो महिना अधिकमास हुन्छ। यो पटकको अधिकमासलाई नै हेरौं न! जेठ १ र ३० गते औँसी परेको छ।
एक महिनामा दुर्इ अाैँसी
संंक्रान्तिविहीन चान्द्रमास अधिकमास हो। अर्थात् एउटा सौर मासमा दुईवटा औँसी पर्दा त्यो महिना अधिकमास हुन्छ। यो पटकको अधिकमासलाई नै हेरौं न! जेठ १ र ३० गते औँसी परेको छ। एकै महिनामा दुईवटा औँसी पर्नु वा दुई औँसीको बीचमा संक्रान्ति नपर्नु नै अधिकमास हो।
सामान्यतयः एक वर्षमा १२ महिना हुने भए पनि अधिकमास परेको वर्षमा १३ वटा चान्द्रमास हुन्छन्। चन्द्रमाको घडी पला जम्मा हुँदै महिना नै ‘अधिक’को रूपमा आउने मास (महिना) भएकोले पनि अधिकमास भनिएको हो।
मलको रूपमा आएको तर्कअनुसार मलमास पनि भनिएको हो। मलमास अधिक र क्षय गरी दुई प्रकारको हुन्छ। एउटा अधिकमास, अर्को क्षयमास। अधिकमास २७ देखि ३२ महिनामा आउँछ भने क्षयमास घटीमा १९ वर्ष र बढीमा १४१ वर्षमा आउँछ। क्षयमास परेको अघि र पछि गरी दुई पटक अधिकमास पर्छ। ज्योतिषको प्रसिद्ध ग्रन्थ सिद्धान्त शिरोमणिमा भास्कराचर्याले कात्तिक, मंसिर र पुसमा मात्र क्षयमास पर्ने बताएका छन्।
पौराणिक कथन
प्रत्येक राशि, नक्षत्र, करण, महिना आदिका स्वामी छन् तर अधिक मास अर्थात् मल मासको स्वामी छैनन् । यसकारण अधिक मासमा सम्पूर्ण शुभ कार्य, देव कार्य एवं पितृ कार्य वर्जित मानिएको छ । यद्यपि, पुराणमा अधिक मास पुरुषोत्तम मास ब कसरी बन्न पुग्यो भन्ने रोचक कथा दिइएको छ ।

कथाअनुसार स्वामी अर्थात् मालिक नभएका कारण अधिक मासलाई सबैले मल मास भन्न थाले । यसबाट मल मासको निन्दा हुन थाल्यो । यो कुराबाट दुःखी भएको मल मास भगवान् विष्णुकहाँ पुग्यो र आफ्नाे दुःख बिसायो
भक्तवत्सल श्रीविष्णुले उसलाई गोलोक लिएर गए । गोलोकमा भगवान् कृष्ण विराजमान थिए । दयासागर श्रीकृष्णले मलमासको व्यथा बुझेर उसलाई सान्त्वना दिँदै भने– ‘अबदेखि म तिम्रो स्वामी भएँ । यसबाट मेरा सबै दिव्य गुण तिमीमा समाविष्ट हुनेछन् । म ब्रह्माण्डमा पुरुषेत्तमका नामले प्रसिद्ध छु तसर्थ आजदेखि तिम्रो नाम पनि पुरुषोत्तम हुनेछ । आजदेखि तिमी मल मास नभएर पुरुषोत्तम मासका नामले चिनिनेछौ । यसका साथै तीन तीन वर्षमा हुने तिम्रो आगमनमा जसले श्रद्धाभक्तिपूर्वक राम्रा काम गर्छन् ती व्यक्तिलाई अन्य समयमा गरेको उति नै अनुपातको कर्मबाट भन्दा बढी पुण्य प्राप्त हुनेछ ।’

यसरी भगवानले अधिक वा मल मासलाई पुरुषोत्तम मास बनाएर धर्मकर्मका लागि उपयोगी बनाइदिए । यो दुर्लभ महिनामा जसले स्नान, पूजाआराधना, यज्ञअनुष्ठान एवं दानधर्म गर्छ उसले अत्यधिक पुण्य प्राप्त गर्दछ ।
यसकारण हिन्दू धर्मशास्त्रहरूमा अधिक मासलाई निकै पवित्र मानिएको छ । भगवान् कृष्ण अर्थात् विष्णुको महिना भएकाले यो महिनामा गरिने व्रत पारायण, पवित्र नदीस्नान एवं तीर्थयात्राबाट सा¥है ठूलो पुण्य प्राप्त हुने कुरा शास्त्रहरूमा बताइएको छ ।

प्रतिकृया दिनुहोस