वागीश्वरीमा लगाईएको कोटीहोममा शनिवार श्रद्धालुहरुको लाग्यो भिड

वागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रममा जारी कोटिहोम महायज्ञमा शनिबार भक्तजनको उत्साहजनक सहभागीता रहेको छ । महायज्ञमा शनिबार बिहानैदेखि भागवत कथा सुन्न एवम् संगीतमय शैलीमा भजनकिर्तन गर्ने भक्तजनको भीड लागेको हो । शनिबार महायज्ञ सुरु भएयताकै धेरै भक्तजन पुगेको आयोजकले बताएको छ ।
कोटिहोम महायज्ञमा गोरक्ष बिज मन्त्रद्धारा नियमित हवन भइरहेको छ । विभिन्न कारणले बितेका गा
ईहरुको मोक्षको कामना गर्दै शुक्रबार रुद्री पुजा गरिएको हो । आश्रमको गौशालामा स्थानीय जातका गाईहरुको संरक्षण गरेर राखिएको छ । गौशालामा बितेका गाईहरुको धार्मिक विधिअनुसार काजकिरिया गर्नुपर्नेमा त्यसो हुन सकेको थिएन ।
वैशाख १७ गतेदेखि सुरु भएको श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञमा आर्थिक, चरु र फलफुल तथा तरकारी सहयोग गर्ने मनकारीको संख्या बढ्दै गएको छ । सामाजिक तथा धार्मिक व्यक्तित्व देखि विभिन्न संघसंस्थाहरुले सहयोग गरिरहेको महायज्ञका संयोजक एवम् मुलकर्ता प्रेमनीधि भारद्धाजले बताए ।


महायज्ञमा प्रमुख वाचकमा ज्योतिष पण्डित परशुराम पाण्डेयले भागवत कथा वाचन गरिरहेका छन् । राष्ट्रगुरु योगी नरहरिनाथको संकल्पमा भएको १३०औँ महायज्ञ आगामी असार १३ गतेसम्म सञ्चालन हुनेछ ।


कोटिहोममा नियमित हवन, गायत्री मन्त्रद्वारा लक्ष हवन, अति रुद्री, सहस्र चण्डी, वेदपाठ र भागवत पाठ परायण भइरहेको छ । वागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रम र सनातन सांस्कृतिक सम्पदा संरक्षण संघको संयुक्त आयोजनामा महायज्ञ सञ्चालन भएको हो ।


महायज्ञमा नौ वर्ष मुनिका एक हजार आठ बालिकाहरुको सामुहिक पूजा गरिने छ । पुरुषोत्तम महात्म्य प्रवचन, हिमवत् खण्ड, शिखरिणी यात्रा लगायतका धार्मिक ग्रन्थहरुको पाठपरायण, गौकथा प्रवचन हुनेछ भने पाँचसरे सवा करोड दीप प्रज्वलन गरिने छ ।






प्रतिकृया दिनुहोस

साताको लोकपृय

वागीश्वरीको कोटिहोम महायज्ञमा , भक्तजन दिनप्रतिदिन बढ्दै

चितवनको आँपटारीस्थित वागीश्वरी आध्यात्मिक परिषद् अन्तर्गत रहेको योगी नरहरिनाथ आश्रममा जारी श्रीशि...