गाउँगाउँबाट गाडी रिर्जभ गर्दे कोटिहोममा भक्तजन

 वागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रममा जारी कोटिहोम महायज्ञमा भक्तजनहरु गाडी नै रिजर्भ गरेर पुग्न थालेका छन् । विभिन्न टोल विकास संस्था, आमा समूह र धार्मिक संघसंस्थामा आबद्ध भक्तजनले गाडी रिजर्भ गरेर सामुहिक रुपमा महायज्ञको दर्शन गर्न थालेका छन् । महायज्ञको दर्शन गर्न पुगेका भक्तजनले आर्थिक तथा चरु सहयोग प्रदान गर्दै आएका छन् ।
आइतबार भरतपुर–१८ स्थित लक्ष्मी भजन किर्तन समूहमा आबद्ध भक्तजन महायज्ञ पुगेका थिए । उनीहरुले महायज्ञलाई सफल बनाउन चरु, गाईलाई चोकर र नगद आर्थिक सहयोग प्रदान गरे । धर्मकर्म र संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले महायज्ञको सामुहिक रुपमा दर्शन गरिएको समूहले बताएको छ ।
लक्ष्मी भजन किर्तन समूह, भिमेश्वर टोलका निवासी सामाजिक व्याक्तित्व कमलनाथ पौडेलले आइतबार बिदाको दिन पारेर स्कुल बस रिजर्भ गरी महायज्ञको दर्शन गरिएको बताए । समूहले हरेक एकादशी र सक्रान्तिको दिन भगवानको नाममा भजन किर्तन गर्दै आएको छ । ‘धर्म संस्कृतिले हाम्रा पितृ र कुलहरुको उद्धार गर्नेछ । सबै नेपालीको कल्याण हुनेछ । विश्वमा शान्ति छाउनेछ’, उनले भने ।
महायज्ञको दर्शन गर्न भनेर लमजुङको राइनासबाट आएकी कान्ति हटुवाल आइतबार वागीश्वरी पुगिन् । ‘महायज्ञ सञ्चालन भएको विषय सामाजिक सञ्जालबाट थाहा पाएको थिए । महायज्ञको दर्शन गरौँ भनेर आएको’, उनले भनिन्, ‘यत्रो यज्ञ एक÷दुई जना व्यक्तिले मात्रै गर्न सकिँदैन । विश्वकै शान्तिको लागि आयोजना गरिएको महायज्ञको एक पटक चाँहि दर्शन गरौँ । महायज्ञको आनन्द लिऔँ भनेर आएको हो ।’
भरतपुर–१० को दोभान कालिका टोल विकास संस्थामा आबद्ध सदस्यहरुले संयुक्त रुपमा महायज्ञलाई नगद १८ हजार रुपैयाँ सहयोग प्रदान गरे । त्यस्तै, भरतपुर–१२ पोखरेली टोलका महिलाहरुले पनि आइतबार महायज्ञको दर्शन गरी चरु तथा दक्षिणा दान गरे । उनीहरुले १० हजार २३० रुपैयाँ आर्थिक सहयोग गरे । पछिल्लो समय महायज्ञको सामुहिक रुपमा दर्शन गर्नेको संख्या बढ्दो छ ।
वैशाख १७ गतेदेखि सुरु भएको श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञ आगामी असार १३ गतेसम्म चल्नेछ । सामाजिक तथा धार्मिक व्यक्तित्व देखि विभिन्न संघसंस्थाहरुले महायज्ञलाई चरु, तरकारी तथा फलफुल र आर्थिक सहयोग गरिरहेका छन् । 
महायज्ञमा प्रमुख वाचक ज्योतिष पण्डित परशुराम पाण्डेयले दैनिक भागवत कथा वाचन गरिरहेका छन् । राष्ट्रगुरु योगी नरहरिनाथको संकल्पमा भएको १३०औँ महायज्ञमा नियमित हवन, गायत्री मन्त्रद्वारा लक्ष हवन, अति रुद्री, सहस्र चण्डी, वेदपाठ र भागवत पाठ परायण भइरहेको छ । वागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रम र सनातन सांस्कृतिक सम्पदा संरक्षण संघको संयुक्त आयोजनामा महायज्ञ सञ्चालन भएको हो ।
महायज्ञमा नौ वर्ष मुनिका एक हजार आठ बालिकाहरुको सामुहिक पूजा गरिने छ । पुरुषोत्तम महात्म्य प्रवचन, हिमवत् खण्ड, शिखरिणी यात्रा लगायतका धार्मिक ग्रन्थहरुको पाठपरायण, गौकथा प्रवचन हुनेछ भने पाँचसरे सवा करोड दीप प्रज्वलन गरिने छ 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देवघाटको विद्युतीय शवदाह गृह त बन्यो तर हुन सकेन नियमित सञ्चालन

चितवन : देशकै प्रमुख पवित्र धार्मिक तीर्थस्थल देवघाटमा निर्माण गरिएको विद्युतीय शवदाह गृह  प्रावि...