तुलसी गोडमेल गर्ने योगिनी एकादशी आज की भोली
चितवन । आषाढ कृष्ण पक्षमा पर्ने एकादशी अर्थात् योगिनी एकादशी पर्व यसपटक कसैले आज शुक्रवार त कसैले भोली शनिवार मनाउने भएकाछन् । सनातन धर्मावलम्बीमध्ये पनि स्मृति मान्नेका लागि शुक्रवार र वैष्णव सम्प्रदायका लागि शनिवार एकादशीका कर्म गर्नुपर्ने बताइएको छ।
स्मार्त परम्परामा यदि एकादशी तिथि दशमी तिथिसँग मिसिएको (विद्ध) भए तापनि, शास्त्रीय नियमअनुसार सोही दिन व्रत बस्न मिल्छ। वैष्णव परम्परामा भने दशमीले स्पर्श गरेको वा मिसिएको एकादशीलाई स्वीकार गरिँदैन। यस सम्प्रदायमा पूर्ण रूपमा शुद्ध एकादशीलाई मात्र व्रतका लागि योग्य मानिन्छ। यही तिथिको शुद्धतासम्बन्धी फरक दृष्टिकोणका कारण, धेरैजसो अवस्थामा वैष्णव एकादशी स्मार्त एकादशीको तुलनामा एक दिन ढिलो (पछाडि) पर्ने गर्दछ ।
वैष्णव परम्परामा एकादशीलाई भगवान् विष्णुको पूजाअर्चना गर्ने दिनको रूपमा लिइन्छ।
वर्षमा पर्ने २४ वटा एकादशीमा भगवान् विष्णु अर्थात् नारायणको पूजाआराधना गर्ने परम्परा छ।
यस एकादशीलाई तुलसीको विरुवा गोडमेल गर्ने एकादशी पनि भनिन्छ ।

प्रतिकृया दिनुहोस