भोलीबाट २५ दिन वृहस्पती अस्त, यो बेला के गर्न हुन्छ , के गर्न हुदैन <


चितवन ,३१,असार । यसपटक ग्रह मध्येका सवैभन्दा ठुलो ग्रह वृहूूूस्पती ग्रह भोली अषार मषान्तबाट २५ दिनसम्म अस्त हुदैछन् । वेदिक सनातन सस्कारमा शुक्र र वृहस्पती ग्रह अस्त हुनुलाई अुसुभ  मान्दछन् । यसपटक भोली अषार ३१ गते  दिउसो १२ बजेर ५५ मिनेट पश्चिम दिशाबाट वृहस्पती ग्रह अस्ताउने र  श्रावण २४ गते आईतवार १२ बजेर २४ मिनेट पूर्व दिशामा उदानउने वैदिक सनातन हिन्दु धर्म सेवा समिति चितवनको अध्यक्ष हरिभक्त  उपाध्याया जानकारी गराउनुभयो । 
धार्मिक मान्यताअनुसार शुक्र र बृहस्पतिलाई गुरुका रूपमा लिने गरिन्छ । देवताका गुरु बृहस्पति हुन् भने दानवका गुरु शुक्राचार्य हुन् । यसरी गुरुको उपस्थितिबिना गरिने कुनै पनि कर्मको फल प्राप्त नहुने विश्वास छ ।
वैदिक मान्यता अनुसार नै शुक्र र वृहस्पती ग्रह अस्त हुनु र उदय हुनु भन्दा ३ दिन अघि सम्म सुतक लाग्छ  भन्निछ ।

कसरी हुन्छ  बृहस्पति अस्त ? 
सूर्यको बिम्बभित्र प्रविष्ट गरी नदेखिने हुदा बृहस्पति अस्त हुने गर्दछ ।यस्तो अवस्था हुन सूर्य र बृहस्पति अत्यन्त नजिक हुनु पर्दछ ।बृहस्पति र सूर्य एउटै राशिमा भएकोवेला अस्तको सम्भावना अधिक हुने गर्दछ । बृहस्पति  पश्चिममा अस्त भई पूर्व दिशामा उदय हुने गर्दछ ।यस्तो हुनु भनेको बृहस्पति सूर्यको पश्चिम विम्बबाट प्रवेश गरी पूर्वी भागबाट नउदाएसम्मको समय हो । 


शुक्रास्तमा र वृहस्पती अस्त भएका बेला यस्ता कार्य गर्नु हुदैन ?
यस्ता ग्रह अस्त भएको वेलामा शुक्र, वृहस्पती  निर्वल हुने हुँदा काम्य कर्महरु जस्तै  विवाह, व्रतबन्ध आदि शुभकर्म गर्नु हुँदैन भनी शास्त्रले निर्देश गरेको छ ।

कुवा, वगैँचा, गृहारम्भ, गृहप्रवेश, देवताको मूर्ति प्राण प्रतिष्ठा, व्रत प्रतिष्ठा, व्रतको आरम्भ, वधूप्रवेश, महादान, सोम यज्ञ, अष्टका श्राद्ध, गोदान (केशान्तककर्म), नवान्न भक्षण, प्रथमपटक उपाकर्म, वेदव्रत, काम्य वृषोत्सर्ग, समयमा संस्कार हुन नसकेका बाकका संस्कार, देवताको प्रतिष्ठा, दीक्षा मन्त्र ग्रहण, व्रतबन्ध, विवाह,मुण्डन, पहिलो पटक तीर्थ यात्रा, सन्यास ग्रहण, राजाको दर्शन, राजाभिषेक, यात्रा, विशेष परीक्षा आदि कुरा त्याज्य हुन्छन् भनी मुहूर्त्तचिन्तामणिमा उल्लेख छ ।

यो बेला कस्ता कार्य गर्नु हुन्छ  त ?
विशेषतः शुक्र ,वृहस्पती ग्रह अस्त प्रकृतिको १ नियमित चक्र हो । यस्तो बेला बेलामा भइरहन्छ ।यो वेलामा आफ्ना नित्य कर्म गर्न भने कुनै बाधा व्यवधान रहँदैन । यसैगरी नित्य कर्म अन्तर्गत पर्ने श्राद्ध, वार्षिकी, लिंदै आएका व्रत उपासना पनि रोकिदैनन् ।


नैमित्तिक कर्म अन्तर्गत अइपर्ने नामाकरण, औध्र्वदेहिक कर्म, अत्यावश्यक कर्म, ग्रहशान्ति, रोग शान्ति आदि कर्म गर्न सकिन्छ । शान्ति कर्मका निीम्त पनि छुट दिएको पाइन्छ ।

यसैगरी महिना तोकेर भनिएका कर्म गर्न पछि छुट दिइएको छ । यसैगरी शुक्र अस्तमा सीमन्तोन्नयन, जातकर्म, अन्न प्राशन कार्य पनि गर्नुहुन्छ दोष लाग्दैन भनी बताइएको छ ।
नित्य कर्म, ग्रहशान्ति, नैमित्तिक कर्म अन्तर्गतका सीमन्तोन्नयन, जातकर्म, अन्नप्राशन, शान्ति कर्म, गयाश्राद्धादि कार्य शुक्र अस्त भए पनि गर्दा कुनै दानेष नलाग्ने कुरा शास्त्रले बताएको पाइन्छ ।



प्रतिकृया दिनुहोस