आमाको काजकिरियामा छोरीहरू

चितवन,३ पुस । बजारको माझ सडक छेउको घरबाट हातमा तामाको हत्तर अनि कसौडी बोकका क्रियापुत्री घर पछाडि लम्किँदै थिए । मंसिरको अन्तिम साता बिहान सकिनै लाग्दा बाक्लो कुहिरो छिचोलेका सूर्यको तापमा केही पाका मानिसहरू घरको पछाडि नै बरिरहेका थिए । हातमा कर्मकाण्डका किताब बोकेका पण्डित क्रियापुत्रीलाई छिटो आउन सुझाउँदै थिए ।

विवाह गरेर पराई घर पुगेका छोरीहरूले पनि माइती घरका आरोह-अवरोहमा साथ दिइरहेका थिए । उनीहरूले माइतीघरमा गरेको व्याहारले आहा ! हामी कति भाग्यमानी भन्ने बेलाबेलामा श्रीमतीसँग गरिएका मीठा यादहरू उनका ताजै छन् । एक्कासि पाँच महिनाअघि उनको श्रीमती बिरामी भइन् । श्रीमतीको उपचारमा सबै छोरीहरू पालैपालो खटे ।

यसैबीच कपाल मुण्डन गरिएको टाउकोमा झुपोसहित सेतो पहिरहन सेतै चप्पल लगाएका चारजना क्रियापुत्री आएर गोबरले लिपेको खलामा बसे । सो खलाको एक छेउमा ढिकुरो बनाइएको थियो । सो ढिकुरो नजिक एक किरियापुत्री बसे । उनले मधुर आवाजमा पण्डितलाई अब के गर्ने ? भनेर सोधे । पण्डितले भने, ‘त्यो झुण्डीएको भुड्कामा पानी थोरै राख्नु ।’ उनले त्यसै गरे ।

उनीसँगै नजिक अर्का किरियापुत्री थिए, उनलाई फूललगायतको पण्डितले भनेको सामान थमाउन सहयोगकीको भूमिकामा । उनीहरू गत मंसिर २७ गते दिवंगत हुनुभएकी भरतपुर २० निवासी ज्ञानुमाया रानाभाटका छोरीहरू हुन् । ब्रेनटुयमरका बिरामी उनीहरूको आमा ज्ञानुमायाको ५१ वर्षको उमेरमा निधन भएको थियो । उनीहरूले दिवंगत आफ्नो आमाको काजकिरिया गर्ने कर्मअन्तर्गत बिहान खलामा खानाखानु पूर्वगरिने कर्महरू गरिरहेका हुन् । झलक्क हेर्दा उनीहरू छोरा या छोरी क्रियापुत्री हो भनी ठम्याउन सकिँदैन । बोलीले मात्र अड्कल काट्न सकिन्छ । खलामा बनाएको ढिकुरो नजिक थिइन् उनको माइली छोरी मालती र उनलाई फूललगायतको सामान दिन सहयोग गर्दे थिइन् काइली बहिनी चन्द्रमाया । अन्य नेत्रमाया र रितु दुइवहिनी भने अली पर बसेर दिदीले गरेको किरिया कर्म हेरिरहेका थिए ।

पल्लो छेउमा एकैछिनमा उनको बुबा पदमप्रसाद देखा परे । उनको आँखा ओभानो थिएन, बोली लरबरिएको थियो । छोरीहरू हुर्केेपछि कहिल्यै छोराको अभाव हुन दिएका थिएनन् उनलाई । विवाह गरेर पराईघर पुगेका छोरीहरूले पनि माइती घरका आरोह अवरोहमा साथ दिइरहेका थिए । उनीहरूले माइतीघरमा गरेको व्याहारले आहा ! हामी कति भाग्यमानी भन्ने बेलाबेलामा श्रीमतीसँग गरिएका मीठा यादहरू उनका ताजै छन् । एक्कासि पाँच महिनाअघि उनको श्रीमती बिरामी भइन् । श्रीमतीको उपचारमा सबै छोरीहरू पालैपालो खटे । श्रीमतीको उपचारमा पनि उनका छोरीहरूले छोरा नभएको महसुस गर्न दिएनन् ।

वैदिक सनातनीहरूले मानव जीवनको अन्तिममा गर्ने किरिया संस्कार पनि छोरीले गर्नाल, नर्गलान् । उनको मनमा दुविधा थियो । तर, त्यो दुविधा पनि हटेको छ । उनका छोरीहरूले आमाको दाहसंस्कार मात्र गरेनन् । छोरासरह किरिया नै गरिरहेका छन् । आँखाबाट पीडाका आशु खसाल्दै उनले भने, ‘आज मेरा छोरीहरूसँग मलाई गर्व छ, उनीहरूले सन्तानको कर्तव्य पूरा गरे ।’ उनले आशु पुछ्दै थपे ‘मेरो श्रीमतीको कर्तव्य म पनि नौ दिनको दिन आशौच बारेर म पूरा गर्छु ।’

कपाल मुण्डनगरी आमाको काजकिरिया गरेको विषय सकारात्मक रूपमा लिइएको छ । सामाजिक सञ्जालमा पनि यस विषयलाई सन्देशमूलक भनी चर्चा गरिएको छ । सामाजिक सञ्जालबाट भएको सन्देशको प्रवाह आज समाजको आधार बनेको छ ।

उता, २०७३ सालमा विवाह भएर पराई घर पुगेकी मालतीलाई पनि आफ्नो जन्म दिने आमाको अन्तिम संस्कारका कर्म बहिनीहरूसँगै गर्न पाउँदा आमा गुमाएको पीडा केही कम भएको महसुस भएको छ । नर्सिङ पेशाकी उनी आमा बिरामी भएपछि दिनरात नभनी आमाको उपचारमा बहिनीसँगै लागिन् । आमाको उपचारमा जुनुसुकै कसर नराखी सेवा गरेको उनलाई अन्तिम संस्कार नगरी मन मानेन अनी कपाल मुण्डन गरि सेतो वस्त्र लगाएर बहिनीसँगै किरिया कर्म गर्नै निर्णयमा उनी पुगिन् । उनी भन्छिन्, ‘बिरामी हुँदा हामीले अस्पतालमा पाँच/छ महिना सेवा गर्‍यौ, किरिया पनि गर्दछौं,’ उनी अगाडि भन्छिन्, ‘किरियामात्र होइन, त्यसपछि गरिने सबै कर्म छोराहरूले जसरी गर्छन् हामी पनि त्यसरी नै गर्छौं । विवाहित उनले सेतो वस्त्रमा कपाल मुण्डन गरी किरियाकर्म गर्न अन्य अविवाहित बहिनीले भन्दा थप चुनौती झेलिन् । धेरैथरी मान्छेका धेरै खाले क्रिया प्रतिक्रिया खेपिन ।

अहिले पनि मान्छेका यस्ता उस्ता भनाइ आइरहेको बताउँदै विवाहित छोराहरूले सेतो वस्त्रमै आफ्नो बाबुआमाको किरिया गर्ने हुँदा, आफूले त्यसै गरेको बताइन् । उनी भन्छिन्, सुरुमा थप चुनौती मैले खेपे । अहिले विभिन्न भनाइ आइरहेको छ । हामी आमाको कोखबाट जन्मेका हौं । मैले किरिया गर्दा केही हुन्छजस्तो त मलाई लाग्दैन । यस्ता कदमलाई समाजले स्वीकार्न समय लाग्ने भन्दै सबै छोरीहरूले गर्न थालेपछि समाजले स्वीकार्ने विश्वास उनको छ । उनको घर नवपलारासी जिल्लाको बुलिङटारमा पर्छ । श्रीमान् विदेश छन् ।

उनको सासु-ससुरा सबै हुनुहुन्छ । उनको निणर्यलाई उनका श्रीमान् हरि रानाभाटले पनि साथ दिए र उनी यो ऐतिहासिक निर्णय गर्न पुगेकी हुन् । उनको १४ महिनाको सानो छोरी छ । अस्पतालमा कार्यरत रहेकी उनले सानोबाटै छोरीलाई छाडेर काममा जाने गर्थिन् जसका कारण अहिले उनलाई काजकिरिया गर्न छोरीले पिरोल्छेकी भन्ने छैन ।

उनको विवाहित साइली बहिनी मैनाले भने ठाडो क्रिया गरेकिछिन् । स्याङ्जा घर भएकी उनको पनि १२ महिनाको बच्चा छ । सानो बच्चा अरूसँग पनि नमान्ने भएका कारण आफूले ठाडो किरिया गरेको उनले बताइन । उनको काइँली बहिनी चन्द्रमाया रानाभाट र ठूली कान्छी नेत्रमाया पनि नर्सिङ पेशामा आबद्ध छन् । कान्छी रितु रानाभाट भने बिबिएस दोस्रो वर्ष अध्ययन गर्देछन् । उनीहरू सबै बहिनीहरूलाई पनि आफ्नो जन्म दिने आमाको किरिया कर्म गर्न पाउँदा अत्यन्त सन्तुष्टि मिलेको छ । छोरी चन्द्रा रानाभाटले पनि जन्मदिने आमाको किरिया कर्म गर्न पाउँदा खुशी मिलेको बताइन् ।

उनीहरूलाई पनि शास्त्रले भन्दा पनि पितृसतात्मक सोचका कारण समाजमा छोराछोरीबीच विभेद हट्न नसकेको लागेको छ । पितृसतात्मक सोचको थप पीडा आफूहरूले भोगिरहेको गुनासो उनीहरूको छ । तर, विस्तारै यो गलत सोच परिर्वतन हुँदै जानेमा उनीहरू विश्वस्थ छन् । उनीहरूको काजकिरिया कर्मकाण्डको विधि गराइरहेका छन् भरतपुर २० निवासी पण्डित चूडामणि ढकालले ।

उनीहरूले कपाल मुण्डनगरी आमाको काजकिरिया गरेको विषय यतिखेर सकारात्मक रूपमा लिइएको छ । सामाजिक सञ्जालमा पनि यस विषयलाई सन्देशमूलक भनी चर्चा गरिएको छ । सामाजिक सञ्जालबाट भएको सन्देशको प्रवाह आज समाजको आधार बनेको छ । छोरीहरूले आमाको काजकिरिया गरेका छन् भन्ने सुनेपछि कांग्रेस चितवनका सभापति राजेश्वर खनाल आफ्नो केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, संविधान सदस्य विष्णुमाया परियारसहित जिल्लाका नेताकार्यकतासहित समवेदना दिन निवास चनौली पुगेका थिए ।

उनले आफ्नो फेसबुक स्टाटस् नै यस विषयलाई महत्व दिँदै लेखेका छन् । उनले विवाहित छोरीसहित कपाल मुण्डन गरी आमाको काज किरिया गरेर सामाजिक रूपान्तरणको अभियानमा भूमिका निवार्ह गरेरकोमा आभार प्रकट गरेका छन् । त्यसो त चितवनको पहिलो महिला अधिवक्ता एवं महिला अधिकारकर्मी फूलमाया रानाभाटले पनि कानुनमा लेखिएको अशं र वंशको समानहकको विषय व्याहारमा लागू गर्न यस्ता सामाजिक अभियानले सहयोग पुग्ने बताउँछिन् । यो समाचार आजको हिमालय टाइम्समा छापिएको छ ।

प्रतिकृया दिनुहोस