रत्ननगर महोत्सवको मुख्य आकर्षण जानकी मन्दिर


चितवन ः रत्ननगर महोत्सवमा जाने क्रममा जनकपुरको जानकी मन्दिरको पुगेको महशुश गर्न पाहिएको छ । महोत्सवमा यस वर्ष चितवनमै निर्माण गरिएको जानकी मन्दिरको प्रतिरूप प्रमुख आकर्षणका रूपमा राखिएको छ । जनकपुरको जानकी मन्दिरकै स्वरुप महोत्सव परिसरको गेटमा सजाएपछि दर्शकहरु गेटमा नै झुम्मीदै फोटो खिचाउन व्यस्त छन् ।  मिथिलाको सांस्कृतिक पहिचान झल्काउने उक्त मन्दिर अवलोकन गर्न दैनिक हजारौँ दर्शक महोत्सवस्थलमा पुग्ने महोत्सवका संयोजक तथा रत्ननगर उवासंघका अध्यक्ष शंकर गिरीले बताउनु भयो । 
रत्नगरको टिकौली चौरमा भइरहेको यस महोत्सवमा कलात्मक झ्यालढोका, रंगीन नक्काशी र धार्मिक महत्व बोकेको संरचनाले दर्शकको ध्यान तानेको छ। आयोजकका अनुसार धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले जानकी मन्दिरको प्रतिरूप निर्माण गरिएको हो। महोत्सवमा जानकी मन्दिरसँगै स्थानीय उत्पादनको प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, परम्परागत नाचगान तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू पनि सञ्चालनमा छन्। दर्शकहरूले महोत्सवले धार्मिक, सांस्कृतिक र आर्थिक गतिविधिलाई चलायमान बनाउने प्रतिक्रिया दिएका छन्। यहि पौष २५ गते देखि शुरु भएको महोत्सव माघ ६ गते सम्म सञ्चालन हुदैछ । 

प्रतिकृया दिनुहोस