चितवनको शारदानगर हेल्थपोष्ट चौरमा शुरु भयो महोत्सव


शारदानगर, कार्तिक २६ । ः पश्चिम चितवनको भरतपुर १९ मा हिजो आइतवार दोस्रो भरतपुर–१९ साँस्कृतिक, व्यापारीक तथा पर्यटन महोत्सव 
सुरु भएको छ । महोत्सवको एक समारोहका बिच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पानसमा द्धिप प्रज्वलन गरी उद्धाघाटन   उद्घाटन गर्नुभयएको हो  ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले भरतपुर भ्रमण वर्ष २०२४ ले सुस्ताउदै गएको पर्यटनलाई उकास्न सहयोग पुगेको  बताउनुभयो ।
पर्यटन व्यावसायमा देखिएको निराशालाई आशामा परिणत गर्ने उद्देश्यले भ्रमण वर्ष आयोजना गरेसँगै यस बीचमा आर्थिक गतिविधि चलायमान भएको उहाँको भनाई छ ।
भरतपुरमा पूर्वाधार विकासले मात्र पुग्दै भनि यसलाई पर्यटकीय गन्तव्यका रुपमा देश विदेशमा परिचित गराउन भ्रमण वर्ष आयोजना गरिएको उहाँको भनाइ छ ।
कार्यक्रममा भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, वडा नम्बर १२ का अध्यक्ष लेखराज पन्त, वडा नम्बर १९ का अध्यक्ष प्रकाश तमाङ , कांग्रेस नेता तोपमान सिहं गुरुङ , शिक्षाविद्ध बेलवहादुर गुरुङ ,किरण अमरजंग गुरुङ माविका प्रधानअध्यापक विनोद अधिकारी,वडा १९का कांग्रेस सभापति  आशमान तामाङ ,  थानेदार टोलका अध्यक्ष  कल्पना क्षेत्री अधिकारी  लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
दोस्रो संस्करणको महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरु, लत्ताकपडा, शृङ्गारका सामानलगायतका सय बढी स्टलहरु रहेका छन् ।
भरतपुर १९ शारदानगर, हेल्थ पोष्ट चौरमा सुरु भएको महोत्सव हिजो कार्तिक २५ देखि मंसिर ९ गतेसम्म चल्ने आयोजकले जानकारी दिएको छ । 
भरतपुर वडा १९ का सल्लाहकार समिति सदस्य , रेडियो साहिनाको प्रमुख सल्लाहकार   बिष्णु प्रसाद ढकाल स्वागत  मन्त्वय  राख्नुु भएको सो कार्यक्रमको सहजजीकरण रेडियो साहिनाको पत्रकार  देउकुमार थापा मगरले गर्नुभएको थियो । 
महोत्सव संयोजक ,वडा १९ का सदस्य सिता वि.कको अध्यक्षतामा भएको सो कार्यक्रमको समुद्धघाटन अगाडी भव्य शोभायात्रा समेत निकालिएको थियो । कार्यक्रममा चितवनका चर्तित गायक ढाकाराम पौडेल , पश्चिम चितवनका उदाउदो कलाकार विपना सुँनार लगायतका कलकारहरुको आफ्नो बेजोड पस्तुती दिनुभएको थियो ।
 महोत्सवको व्यवस्थापन भने एम।एन।इन्टरटेन्टमेन्ट प्रा।लि। भरतपुर(१० चितवनले गर्ने छ।महोत्सवमा विभिन्न समुदायहरुको सांस्कृतिक प्रस्तुति संगै घुमौ भरतपुर भ्रमण वर्ष २०२४ लाई सकारात्मक रुपमा टेवा पुर्याउने आयोजकले लक्ष्य लिएको छ।
महोत्सवमा अन्तर बिधालय स्तरिय डान्स आइडल साथै स्थानिय तथा ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुको सांस्कृतिक बेजोड प्रस्तुती रहने भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय