भोलि बिहान इतिहासकै दुर्लभ सूर्यग्रहण :ग्रहण लागेको बेला के गर्ने र के नगर्ने

सूर्यग्रहण लागेको दिन सनातन धर्मावलम्बीहरु कठिनतम मन्त्रजाप गर्दछन् र सिद्धिप्राप्त गर्दछन् । भने शोधकर्ता, अन्वेषक र वैज्ञानिकहरुले नयाँ शोध गर्ने अवसर प्राप्त गर्दछन्

काठमाण्डौ पुस ९-

यही पुस १० गते बिहीबार पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

ग्रहणले बिहान ८ः४२ मा स्पर्श गर्ने समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो । पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ग्रहण सुरु हुनेछ । बिहान १०ः०१ बजे मध्य हुने ग्रहण ११ः३१ बजे समाप्त हुनेछ । पूर्व र आग्नेय कोणको बीचबाट ग्रहण समाप्त हुने समितिले जनाएको छ ।

ग्रहण लाग्नुभन्दा चार प्रहर (१२ घण्टा) अघि अर्थात् पुस ९ गते बेलुकी ८ः४२ देखि बालक, वृद्ध र रोगीबाहेकलाई शास्त्रीयरूपमा भोजन निषेध  अध्यक्ष प्रा. डा.  गौतमले जानकारी दिनुभयो । यस्तो अवस्थालाई सुतक काल भनेर भनिएको छ । सुतक ग्रहण लाग्नु भन्दा १२ घण्टा अगाडीदेखि नै सुरु हुने छ । यो। ग्रहणका बेला खानपिनलगायत महत्वपूर्ण कामका लागि निषेध गरिएको छ ।

ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न भने शुभ हुन्छ भन्ने शास्त्रीय मान्यता छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद्समेत रहनुभएका गौतमले बताउनु भयो   । सुतक लागेपछि भोजन गर्न नहुने धार्मिक विश्वास छ । ग्रहण हेर्न कर्कट, तुला, कुम्भ र मीन राशि हुनेहरुका लागि राम्रो छ । बाँकी राशिकालाई शुभ फल नदिने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको छ ।

सूर्यग्रहण प्रत्यक्ष आँखाले भने नहेर्न समितिले आह्वान गरेको छ । कुनै भाँडामा पानी राखेर वा सुरक्षित यन्त्रका माध्यमबाट सूर्यग्रहण हेर्न सकिने छ ।

यो खण्डग्रास सुर्य ग्रहण हो । ग्रहण प्रकृतिका लागि अद्रुत चमत्कार एक खगोलीय घटना हो । यसको गणना ईसाको चारहजार वर्ष पूर्व नै गणना भएको कुरा वेदमा उल्लेख छ । ऋग वेदमा भनिएको छ, ‘अत्री ऋषिका परिवारलाई मात्रै यस्तो खाले खगोलीय घटनाको गणना गर्ने ज्ञान थियो । महर्षि अत्रीमुनि ग्रहणहरुकोबारेमा जानकारी गराउने प्रथम आचार्य भएको विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ । वैदिक कालदेखि नै ग्रहणको अद्ययन तथा परिक्षण भएको प्रभाण भेटिन्छ । भौतिक विज्ञानले पनि स्वीकारेको छ, एन्टिरेडिएनका रुपमा र आद्यात्मिकले पनि नकारात्मक शक्ति एकदमै हानिकारक हुन्छ र यसबाट बच्नका लागि आग्रह गरेका थिए । यसको स्रोत भनेको, राहु र केतुले गर्दा हो । वैज्ञानिक तथा खगोलविद्का लागि स्ता खाले खगोलीय घटनाहरुलाई निक्कै महत्वका साथ हेरिने गर्दछ । एक पटक लागेको ग्रहण पुन दोहोरिन मानिसले धेरै लामो समय पछिमात्रै ठिक यही समयमा यस्तैखाले ग्रह्ण लाग्दछ ।

 संसारभरिका वैज्ञानिकहरुका लागि यो दिन कुनै एउटा ठूलो चाडसरहको दिन हो । सूर्यग्रहण लागेको दिन सनातन धर्मावलम्बीहरु कठिनतम मन्त्रजाप गर्दछन् र सिद्धिप्राप्त गर्दछन् । भने शोधकर्ता, अन्वेषक र वैज्ञानिकहरुले नयाँ शोध गर्ने अवसर प्राप्त गर्दछन् । त्यसैले आध्यात्मिक वा भौतिकवादी जुन दृष्टिबाट पनि धेरैले सूर्यग्रहण लाग्ने प्रतीक्षामा लामो समय बिताउने गर्दछन् । आधुनिक विज्ञानले सूर्यग्रहणका दिन सूर्यबाछट निसृत हुने किरणको अध्ययन गरी नयाँनयाँ शोधका लागि प्रेरित गर्दछ भने अध्यात्म विज्ञानले यज्ञ, जाप र  अनुष्ठानका माध्यमबाट गूढ रहस्य र सिद्धिका लागि मार्गनिर्देश गरेको पाइन्छ । 
। सूर्यग्रहण लाग्न निम्न तथ्य हुनु आवश्यक ठानिन्छ : 
सूर्यग्रहण  लाग्ने दिन अमावस्या (औंसी) तिथि हुनु आवश्यक छ । 
ग्रहणको समयमा चन्द्रमा र सूर्यको रेखाशं क्रमश : राहु र केतुको नजिकमा हुनु पर्दछ । 
त्यस्तै चन्द्रमाको अक्षाशं शून्य नजिक हुनु पनि आवश्यक हुन्छ । 
यद्यपि ग्रहणको गणितीय स्थिति रातीको समयमा पनि हुनसक्छ, तर सूर्यग्रहणको प्रत्यक्ष अनुभूति दिउँसो  (सूर्याेदयदेखि सूर्यास्तसम्म) को समयमा मत्र हुन सक्दछ । 

ग्रहण लागेको बेला के गर्ने र के नगर्ने ?

विज्ञानले ग्रहणलाई भौतिक दृष्टिकोणले जति महत्त्व प्रदान गर्दछ, सनातन हिन्दू धर्मले यसलाई त्यत्तिकै आध्यात्मिक महत्त्व प्रदान गर्दछ । हाम्रा ऋषि–मुनिहरुले सूर्य ग्रहणको अवधिभरि र सूर्यग्रहण लाग्नुअघि चार प्रहर (१२ घण्टा) को अवधिमा भोजनादि गर्नु हुँदैन भनेका छन् । ग्रहण अवधिमा सूर्यबाट निःसृत हुने किरण असामान्य हुन्छ, जसका कारण पृथ्वीका जीवजन्तु र किराफट्याङ्ग्राहरु अत्तालिन्छन् र यत्रतत्र विचरण गर्ने गर्छन् । त्यसैले सूक्ष्म कीटाणुको संसर्गले अन्नजल आदि दूषित हुन्छ । त्यसरी दूषित भएको अन्नजल स्वास्थ्यका दृष्टिकोणले ग्रहण गर्नु हीतकारी हुँदैन भन्ने तर्क हाम्रा आचार्य र ऋषिमुनिको हो ।
वैज्ञानिक र डाक्टरहरुले पनि हाल यस तथ्यलाई स्वीकारेको पाइन्छ । धार्मिक मान्यताअनुसार ग्रहणको समयमा खाद्य वस्तु, जल आदिमा सूक्ष्म जीवाणु एकत्रित भएर तिनलाई दूषित तुल्याउँछन् । त्यसैले ऋषिमुनिले अन्नजलको पात्रमा कुश (एक किसिमको पवित्र घाँस) हालेर सुरक्षित राख्न निर्देशन दिएका छन् । यसरी कुशको प्रयोग गर्दा ती काटाणु त्यसै कुशमा एकत्रित भएर बस्छन् र ग्रहणको समाप्तिमा त्यस कुशलाई कुनै नदीमा प्रवाहित गरेमा वा खाल्डो खनी विसर्जन गर्दा ती कीटाणु पनि मिल्काइन्छ र अन्न जलको सुरक्षा गर्न सकिन्छ । ग्रहणको समाप्तिमा भाँडाकँुडालाई आगोले तताएर पवित्र पारिन्छ र शरीरलाई स्नानद्वारा शुद्ध बनाइन्छ । 

पौराणिक मान्यताबमोजिम चन्द्र ग्रहणको समयमा कफको प्राधान्य हुन्छ एवं मनको शक्ति क्षीण हुने गर्दछ, जबकि सूर्य ग्रहणको समयमा जडराग्नि, आँखा (नेत्र) तथा पित्तको शक्ति कमजोर हुन्छ । सूर्यग्रहणको  अवधिमा मनुष्यको स्नायु प्रणाली र मस्तिष्क प्रभावित हुने गर्छ । गर्भवती स्त्रीले त कुनै पनि ग्रहणको दर्शन गनुहुँदैन, अझ सूर्यग्रहणको अवस्थामा बन्दकोठामा झ्यालढोका समेत थुनेर बस्नु पर्दछ । सूर्य ग्रहणको दुष्प्रभावले शिशु अपाङ्ग हुनसक्छ, अपाङ्ग नै भएर पनि उसको मानसिक र दिमागी सन्तुलमा कुनै न कुनै असर पर्ने गर्छ भन्ने मान्यता रहेकाले तिनीहरुले यथाशक्य ग्रहणको दुष्प्रभावबाट जोगाउन हाम्रा धार्मिक ग्रन्थमा निर्देशन दिइएको हो ।

 

 
 

प्रतिकृया दिनुहोस