भगवान गौतम वुद्धका गूरुहरु

 

[भगवान वुद्ध] सिद्धार्थ गौतमले दरबार त्याग्नासाथ तपस्या सुरु गरेका थिएनन् । पहिला उनी सद्गुरूहरूको खोजीमा लागे । उनको पहिलो गुरू भए– आराड कालाम, जो वैशाली नगरमा गङ्गाको किनारमा तीन सय शिष्यका गुरू भई बसेका थिए । सिद्धार्थले आराड कालामलाई गुरू थापी थोरै समयमा नै तृतीय ध्यान अर्थात ‘आकिञ्चन्यायतन’ ध्यान प्राप्त गरे । यसमा साधकलाई केही पनि छैन भनेजस्तो निर्विकल्प महाशून्यको अनुभव भइरहन्छ । यसलाई हिन्दु साधनामा तुरियावस्था भनिन्छ ।

त्यसपछि आराड कालामले सिद्धार्थलाई उनले जानेजति सबै कुरा सिकाइसकेको बताए र साथै उनकै आश्रममा उनीसँगै गुरू भई बस्न अनुरोध गरे । तर सिद्धार्थलाई चित्त बुझेको थिएन किनभने उनलाई थाहा थियो त्यो मुक्तिको अनुभव थिएन । सिद्धार्थले अझै ठूलो ज्ञानको चाहनामा रहेको बताएपछि कालामले आफूभन्दा ठूलो गुरू रुद्रक रामपुत्रको आश्रममा जान सुझाए । कालाम र रामपुत्र दुवै त्यसबेलाका साङ्ख्य दर्शनका धुरन्धर पण्डित थिए ।


आराड कालामले सिद्धार्थलाई उनले जानेजति सबै कुरा सिकाइसकेको बताए र साथै उनकै आश्रममा उनीसँगै गुरू भई बस्न अनुरोध गरे । तर सिद्धार्थलाई चित्त बुझेको थिएन किनभने उनलाई थाहा थियो त्यो मुक्तिको अनुभव थिएन । सिद्धार्थले अझै ठूलो ज्ञानको चाहनामा रहेको बताएपछि कालामले आफूभन्दा ठूलो गुरू रुद्रक रामपुत्रको आश्रममा जान सुझाए ।


मुक्तिको खोजीमा रहेका सिद्धार्थ रुद्रक रामपुत्रको आश्रमतिर सोझिए । उनको आश्रममा बसी सिद्धार्थले उनीबाट चौथो ध्यान अर्थात ‘नैवसंज्ञानासंज्ञायतन’ ध्यान प्राप्त गरे । यस ध्यानमा साधक हो वा होइन, भित्री वा बाहिरी, छ वा छैन भन्न नसकिने निर्विकल्प अवस्थामा स्थित रहन्छ । सिद्धार्थले त्यसभन्दा माथिको ज्ञानबारे जिज्ञासा राखे । रामपुत्रले सिद्धार्थलाई आफूले जानेजति सबै सिकाइसकेको बताए । कालामले जस्तै रामपुत्रले पनि उनलाई सोही आश्रममा आफूसरह गुरू भई बस्न अनुरोध गरे । तर सिद्धार्थले त्यो उच्च तहको ध्यानको अनुभव भए पनि मुक्ति नै नभएको ठम्याए । त्यसैले उनले रामपुत्रलाई उनको गुरूको बारे सोधे । तर रामपुत्रले आफ्नो कोही गुरू नभएको र आफ्नै साधनाबाट सिकेको बताए ।

सफलताजस्तो विफलता कुनै छैन

यहाँ सङ्कल्पको सन्दर्भमा एउटा कुरा मननीय देखिन्छ । कठिनाइ नै  मात्र सङ्कल्पको दुस्मन होइन, सफलता पनि सङ्कल्पको दुस्मन हुनसक्छ । प्रलोभनले सङ्कल्पबाट विमुख गराउँछ । सिद्धार्थलाई दुवै गुरूबाट उनीहरू सरह गुरू भई बस्ने प्रस्ताव आएका थिए तर उनी मानेनन् । उनी प्रलोभनमा फसेनन् । ध्यानमा उनले सहजै सफलता प्राप्त गरेका थिए । तर उनी प्रारम्भिक सफलताबाट मात्तिएनन्, तिनमा अल्झिएनन् । उनको सङ्कल्प अर्कै थियो । उनी त्यहाँ गुरू भई बसेको भए जीवन त सजिलो हुँदो हो तर बुद्ध बन्दैनथे ।

प्रतिकृया दिनुहोस