श्रीमद् भगवद् गीता : जीवन र दर्शनको सार

काठमाडौं । मानिस जन्मिएपछि मर्छ यो ध्रुर्वसत्य कुरा हो । तैपनि मान्छे मर्नबाट डराउँछ । भावनामा बग्छ मान्छे , भन्छ ‘जीवन कर्कलाको पानी’ हो । कहिलेकाहिं कठोर बन्छ मान्छे, स्वार्थमा लिप्त हुन्छ । त्यतिबेला उसले के गर्नु हुन्छ र के हुँदैन भन्ने बिर्सिएको हुन्छ । हो यस्तै कठोरता र भावना कुनैले पनि खासमा राम्रो गर्दैन । यहि ज्ञान सबैलाई दिलाउनका लागि हिन्दु धर्ममा एउटा महान ग्रन्थ छ, गीता । यसमा अर्जुनलाई भगवान कृष्णले दिएका उपदेशहरु वर्णन गरिएको छ । जुन अहिले पनि मानवजीवनका लागि अति नै उपयोगी छन् । अर्जुन कर्मबाट विमुख भएपछि श्रीकृष्णले उनलाई केहि उपदेश दिए । त्यही उपदेश नै गीता हो ।


गीताको जीवन दर्शन


गीताको जीवन दर्शन अनुसार मानिस महान छ । अमर छ, यसमा असीम शक्तिको भण्डार छ । गीतालाई संजीवनी विद्याको संज्ञा पनि दिइएको छ । मानिसको कर्तव्य के हो ? यसैको बोध गराउनु गीताको परम लक्ष्य हो । श्रीकृष्णले यस उपदेशपछि अर्जुनलाई कर्तव्यपथमा अडिग रहन प्रेरित गरे । अन्ततः अर्जुनले युद्ध लडे । असत्यमाथि सत्यको जीत भयो ।


गीतामा ७ सय श्लोक

गीतामा कुल सात सय श्लोक छन् । गीतालाई ज्ञानको सर्वोच्च स्थान दिइएको छ । ज्ञानको प्राप्तीले नै मानिसको सबै जिज्ञासाको समाधान हुन्छ । त्यसैले गीतालाई सर्वशास्त्रमयी पनि भनिन्छ । गीताको सार हो, कर्म गर, फलको आशा नगर । जब हामी फलको इच्छा राखेर काम गर्छौ, यदि त्यो प्राप्त भएन भने दुःखी हुन्छौ । त्यसैले सुखी रहनका लागि केवल काम गरौं, त्यो पनि निष्काम भावले ।

ज्ञानको अद्भूत भण्डार

श्रीमद्भागवत गीता ज्ञानको अद्भूत भण्डार मानिन्छ । गीताले हाम्रो सोच्ने, हेर्ने र बुझ्ने तरिकामा परिवर्तन ल्याइदिन्छ । जीवन र जगतको वृहत्तर ज्ञान यसबाट आर्जन हुन्छ । यसले संकटमा जुध्न पनि प्रेरणा दिन्छ । हामी कुनैपनि काम गरेपछि तुरुन्तै त्यसको नतिजा चाहन्छौ तर विद्वानहरु भन्छन् , धैर्य नहुँदा अज्ञान, दुःख, मोह, क्रोध, काम र लोभबाट निवृत्ति मिल्दैन । गीताले मानव मात्रको जीवनमा प्रतिक्षण आउने सानाठूला

संग्रामको सामना गर्न शक्ति दिन्छ । के छ त गीतामा ?

१. जन्म लिनेका लागि मृत्यु उत्तिकै निश्चित छ । जसरी मृत्यु हुनेले जन्म लिन्छ । त्यसैले जुन कुरा अपरिहार्य छ, त्यसमा शोक नगरौं ।
२. नर्कको तीन द्वार छ, क्रोध, वासना र लालचा । अर्थात् हामीले भन्ने गरेको नर्कको स्रोत भनेको रिस, राग, क्रोध, वासना नै हो । यसले हाम्रो जीवन नै नर्कमय बनाइदिन्छ ।
३. क्रोधले भ्रम पैदा हुन्छ । भ्रमले बुद्धि व्यग्र हुन्छ । जब बुद्धि व्यग्र हुन्छ, तब तर्क नष्ट हुन्छ । जब तर्क नष्ट हुन्छ, तब व्यक्तिको पतन हुन थाल्छ ।
४. कतिपय काम नगर्नु नै उत्तम हुन्छ । कति काम भने गर्नैपर्छ ।
५. सधै शंका उपशंका गर्ने, गुनासो गर्ने व्यक्तिको लागि कुनैपनि लोकमा सुख मिल्दैन ।
६. जसले आफ्नो मनलाई नियन्त्रण गर्न सक्दैनन् , त्यो मन शत्रु बराबर हो ।
७. जो व्यक्ति गुनासो गर्छन् , उसलाई कहिले पनि सुख मिल्दैन ।
८. मन एकदमै चन्चल हुन्छ । त्यसैले यसलाई नियन्त्रण गर्न कठिन हुन्छ । यद्यपी अभ्यासले यसलाई वसमा राख्न सकिन्छ ।
९. यस जीवनमा कुनैपनि कुरा व्यर्थ हुन्छ ।
१०. व्यक्तिले जे चाहन्छन् , त्यो बन्न सक्छन् । यद्यपी त्यसका लागि आफ्नो इच्छालाई पूर्ण विश्वासका साथ स्मरण गर्नुपर्छ ।
११. जो वास्तविक छैन, त्यसबाट कहिले पनि डर मान्नु हुँदैन ।
१२. हरेक व्यक्तिको विश्वास उसको स्वभाव अनुसार हुन्छ ।
१३. जुन कर्म प्राकृतिक हुँदैन, त्यसले जहिले पनि तनाव दिन्छ ।
१४. एक ज्ञानवान व्यक्ति कहिले पनि कामुक सुखमा आनन्द लिदैन ।
१५. कर्मयोग एक ठूलो रहस्य हो ।
१६. जब व्यक्तिले आफ्नो काममा आनन्द लिन्छ, तब ऊ पूर्ण ठहरिन्छ ।

 

प्रतिकृया दिनुहोस